पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो
पाल्पा ।
पाल्पामा अपराह्न भएको जोप दुर्घटनामा ज्यान जानेको संख्या ८ पुगेको छ ।
तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा अन्य लाई उद्दार गरि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको बताउनुभयो । जीपमा २० जना सवार थिए ।
दिउँसो साढे ४ बजेतिर जिप दुर्घटना भएको हो। घटना स्थलमा थप उद्दार जारी रहेको डिएसपी श्रेष्ठले बताउनुभयो । भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकबाट तल खसेको थियो ।
घटनास्थल पुगेका डिएसपी श्रेष्ठले प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेको बताउनुभयो। पहिलो चरणमा घाईतेलाई उद्दार गरि अस्पताल पठाइएको छ । अन्य घटनाबारे अनुसन्धान गरिनेछ र थप विवरण आउन बाँकी छ।