2

Logo २०८३ बैशाख १४ सोमबार
जिल्ला प्रहरी कार्यालय मुस्ताङमा “हिरासत पुस्तकालय”

जिल्ला प्रहरी कार्यालय मुस्ताङमा “हिरासत पुस्तकालय”


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन १ २०८०
456

मुस्ताङ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङमा अनुसन्धानको क्रममा हिरासतमा रहने थुनुवाहरुलाई लक्षित गरि हिरासत पुस्तकालय निर्माण गरिएको छ ।

मुद्धा अनुसन्धानको शिलशिलामा थुनुवाहरु हिरासतमा बस्दा मानसिक तनाब ब्यबस्थापनमा सहज होस् भन्ने उद्देश्यले  पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

पुस्तकालयमा कानून, ऐन नियम, कथासंग्रह, सामान्य ज्ञान, उपन्यास, प्रहरी गतिबिधि र अन्तर्राष्ट्रिय लेखकहरुका पुस्तकहरु र अन्य विभिन्न बिधाका पुस्तकहरु गरि २२७ थान पुस्तकहरु पुस्तकालयमा राखिएको छ । यस कार्यले कार्यालय तथा मातहत प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई डिउटी नभएको अबस्थामा र नेपाल प्रहरीले आब्हान गरेको खुल्ला प्रतियोगितामा आन्तरिक परीक्षामा तयारीको लागि पुस्तकहरुले टेवा पुर्‍याउने बिश्वास रहेको पाण्डेले बताउनुभयो ।

पुस्तकालयमा रहेका २२७ थान पुस्तकहरु मध्ये १४७ थान विभिन्न बिधाका पुस्तकहरु मुस्ताङका प्रदेश सभा सदस्य माननीय बिकल शेरचनले सहयोग गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com