2

Logo २०८३ बैशाख १३ आइतबार
दोस्रो चापाकोट महोत्सवको कानुन मन्त्री धनराज गुरुङले उद्घाटन गर्नुहुने

दोस्रो चापाकोट महोत्सवको कानुन मन्त्री धनराज गुरुङले उद्घाटन गर्नुहुने


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन १ २०८०
1.4K

स्याङ्जा ।

“दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०” को उद्दघाटन नेपाल सरकारका कानुनी न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले गर्नुहुने भएको छ ।

चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरको अध्यक्षतामा सोमबार बसेको बैठकले “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०” को उद्दघाटन स्याङ्जा क्षेत्र २ का संघीय सांसद एवं कानुनी मन्त्री गुरुङ्ले गर्ने निर्णय गरेको महोत्सव आयोजक समितिका सुचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।

“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुन गइरहेको महोत्सवको काम अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।

महोत्सव भव्य र सफल बनाउनका लागि बिभिन्न ३९ वटा उपसमिति गठन गरेर धमाधम काम भइरहेको अध्यक्ष रानाको भनाई छ ।

मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

गाउँ- गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० बढी स्टलहरु हुने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com