2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली समाज युएईद्वारा आयोजित मैत्रीपुर्ण फुटवलको उपाधी एनआरएनलाई

नेपाली समाज युएईद्वारा आयोजित मैत्रीपुर्ण फुटवलको उपाधी एनआरएनलाई


Sabalnews प्रकाशित मिति : सोमबार, माघ २९ २०८०
540

दुबई ।

दुबईमा भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा एनआरएन युएईले उपाधी चुमेको छ । नेपाली समाज युएई द्वारा आयोजित प्रतियोगितामा युएनएफएलाई सडन डेथमा हराउदै एनआरएनले उपाधी चुमेको हो ।

नेपाली समाज युएई, नेपाली समाजमा आबद्द संघसस्थाहरुको समुह, युएनएफए, पत्रकार महासंघ, एनआरएन गरी सहभागी ५ समुह मध्ये युएनएफए द्दितिय र पत्रकार महासंघ युएई शाखाले तृतीय स्थानमा चित्त बुझायो ।

आइतबार बिहान दुबईको अल सफापार्कमा भएको मैत्रीपूर्ण प्रतियोगिताको पहिलो खेल एनआरएन युएई र नेपाली समाजमा आबद्द संघसस्थाहरुको समुह बीच भएको थियो । सो खेलमा सुन्यका विरुद्द २ गोल गर्दै एनआरएन बिजयी भयो । दोस्रो खेलमा आयोजक नेपाली समाज युएईलाई सुन्य गोलमा रोक्दै युएनएफएले ३ गोल गरेर जीत निकालेको थियो ।

त्यस्तै एनआरएन र पत्रकार महासंघ बिच भएको तेस्रो रोमान्चक खेलमा पत्रकार महासंघले १ गोल सहित पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा पत्रकार महासंघको टोली सम्हालीन नसक्दा एनआरएनले २ गोलको अग्रता सहित नतिजा आफ्नो पक्षमा लगेको हो ।

उपाधिका लागि एनआरएन र युएनएफए बीच रोमान्चक खेलभएको नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधी चुम्न समयबधीमा दुबै समुहलाई हम्मेहम्मे परेको थियो । निर्धारित ५० मिनेटको खेलमा २ गोल सहित खेल बराबरी भएपछी पेनाल्टीसुट आउट  भएको हो । पेनाल्टी सुटआउटमा समेत समान ४ गोल भएपछी खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा युएनएफएको एक गोल एनआरएन युएईका गोलकिपरले रोकेपछी उपाधी एनआरएनको कब्जामा पुगेको हो ।

खेलमा पहिलो र दोस्रो हुने समुहलाई एक कार्यक्रमका बीच ट्रफी कप सहित खेलाडीलाई मेडल प्रदान गरिएको थियो भने दोस्रो हुने समुहका खेलाडीलाई मेडल प्रदान गरिएको थियो । सिन्धुलीका सरोज कोईराला प्रतियोगिताको रेफ्रीको रुपमा मैदानमा थिए ।

नेपाली समाजका महासचिब केदार कुँवरको सञ्चालनमा भएको कार्यक्रममा समाजका अध्यक्ष वेदप्रसाद अर्याल, सल्लाहकार गोबिन्द ढकाल, पत्रकार महासंघ युएई शाखाका पुर्व अध्यक्ष लक्षमण खनाल, एनआरएन युएईका अध्यक्ष बिकास शाही, युएनएफएका मुक्ती तमु, जनसंपर्क समिति युएईका सभापति भवानी तिमील्सिनाले बोल्नुभएको थियो ।

नेपाली समाजले पछील्लो चार बर्ष यता हरेक बर्ष यसै गरी प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा बिभिन्नसंघसस्थाका प्रतिनिधि सहित झन्डै १ सय ५० जनाको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com