जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगितामा तानसेन नगरपालिका प्रथम
पाल्पा ।
याे वर्षकाे जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगितामा तानसेन नगरपालिका प्रथम भएकाे छ ।
तानसेनले २५ स्वर्ण, १० रजत र १९ कास्य पदक जितेकाे छ । यस्तै १० स्वर्ण, ६ रजत र ४ कास्य पाएर पूर्वखाेला गाउँपालिका दाेस्राे बनेकाे छ । प्रतियाेगितामा ८ स्वर्ण, ११ रजत र ११ कास्य ल्याएर रामपुर नगरपालिका तेस्राे स्थानमा आएकाे हाे ।

प्रतियाेगितामा विजयी खेलाडीलाई लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगर वसन्त, लुम्विनी प्रदेश सभाका सदस्य वीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, संविधासभा सदस्य लिला साेमै, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरे, तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठलगायतले मेडल, प्रमाणपत्र वितरण गर्नुभयाे ।