मावि स्तरीय बक्तृत्वकला प्रतियोगितामा भुपुका मनिषा प्रथम
पाल्पा ।
छैठौं मेयरकपको अबसरमा आयोजित मावि तह स्तरीय बक्तृत्वकला प्रतियोगितामा भू.पू. सैनिक माध्यमिक विद्यालय रामपुर ५ की छात्रा मनिषा नेपाली प्रथम हुनुभएको छ ।
रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा भएको छैठौं मेयर कप २०८०मा अन्य खेलकुदको साथमा बौद्धिक कार्यक्रम अन्तर्गत बकृत्वकला पनि समेटिएको थियो ।
प्रतियोगितामा रामतुलसी माध्यमिक विद्यालयका विद्यार्थी विविशा घिमिरे द्दितिय र आधारभुत माविका विद्यार्थी अब्दुल खालिद तृतीय हुनुभएको बक्तृत्वकला प्रतियोगिता संयोजक बिपिन सुनामले जानकारी दिनुभयो ।
”उत्कृष्ट अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट्र निर्माणमा मेयर कपको अभियान” भन्ने उद्घोष सहित आयोजित मेयरकप माघ १९ गतेबाट चलिरहेको छ ।
सोही अबसरमा आयोजित “मानव जिवनमा खेलकुदको महत्व” बिषयक बक्तृत्वकलामा रामपुर नगरपालिकाका भित्रका १० विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगिता शहिद बहुमुखि क्याम्पस सभाहलमा भएको हो । बिजयी तथा सहभागी विद्यार्थीलाई वडा अध्यक्ष दोबराज तिवारी, नगरपालिका शिक्षा अधिकृत बिकल काफ्ले, क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्ले सहित खेलकुद समितिले प्रमाणपत्र प्रदान गरेको छ ।