2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिकाले वडा वस्ती स्तरमै पुगेर एकीकृत घुम्ती शिविर मार्फत जनतालाई सेवा दियो

रामपुर नगरपालिकाले वडा वस्ती स्तरमै पुगेर एकीकृत घुम्ती शिविर मार्फत जनतालाई सेवा दियो


Sabalnews प्रकाशित मिति : बिहिबार, माघ १८ २०८०
1.4K

पाल्पा ।

पाल्पा जिल्लाको रामपुर नगरपालिकाले वडामै पुगेर जनतालाई सेवा प्रदान गरेको छ । पालिकाले माघ १८ गते एकीकृति घुम्ति सेवा मार्फत रामपुर नगरपालिका वडा नम्बर १ र २ का नागरिकलाई वडामै पुगेर सेवा दिएको हो । नगरपालिकाले समय छुट्याएर नगरपालिकाको कार्यालय सबै सेवा सहित वडामै पुगेर सेवा प्रवाह गरेको हो ।

नगरपालिकाले एकीकृत घुम्ति शिविरमार्फत स्वास्थ्य परीक्षण, आँखा जाच, दात जाच, औषधि वितरण तथा स्वास्थ्य शिक्षा, कृषि तर्फ विषादी तथा पशु स्वास्थ्य अन्तर्गत औषधि वितरण तथा पशुसेवा परामर्श, जेष्ठ नागरिक परिचय पत्र, अपाङगता परिचय पत्र बितरण तथा अद्यावधिक एंव डिजिटल परिचय पत्र बितरण सम्बन्धी सेवाहरू प्रवाह गरेको हो ।

जनतालाई केन्द्रमा राखेर आफूहरूले समय–समयमा सेवा प्रवाह गर्दै आएको नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । स्थानीय सरकार नागरिकको नजिकको सरकार हो भन्ने मान्यता स्थापित गर्न समेत यसरी वडास्तरमा घुम्ति सेवा सञ्चालन गरिएको नगरप्रमुख थापाले बताउनुभयो । उमेर अबस्थाले पनि हुन सक्ने सामान्य उपचार सेवा लिन पैसा खर्च गरेर नगरपालिकाको केन्द्र नै धाउनुपर्ने बाध्यता भएका बस्तीमा विभिन्न सेवा सहित नगरपालिकाको कार्यालयबाट दिइने धेरै सेवा वडामा ल्याइएको र यसले वडाबासीलाई ठुलो राहत पुगेको नगरप्रमुख थापाले बताउनुभयो ।

वडामै आएर नगरपालिकाले सेवा प्रवाह गरेकोमा स्थानीयहरू निकै खुसी छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको रामपुर नगरपालिका वडा नं.१ गजबन्दीका स्थानीय सोब बहादुर नेपालीले बताउनुभयो । आखाँ जाच गराई औषधी लिएर निस्कदै गर्नुभएका नेपालीले ‘‘यही जाच गर्न पैसा खर्चेर गाडी चढेर जानुपथ्र्यो अहिले गाउँमै पाउदा आखाको विमार भएकालाई जाती भयो’’ ।
रामपुर २ कोटथरका सन्त बहादुर वि.क.ले ‘‘नगरपालिकामा जान आउन समयसँगै धेरै खर्च समेत हुन्छ ।’’उहाँले भन्नुभयो, ‘‘पालिकाले आफ्नै गाउँघरमा आएर सेवा प्रवाह गर्दा पैसा र समय दुवै बचत भएको छ ।’’ यही सेवा लिन दिन बिताएर नगरपालिकाका कार्यालय पुग्नुपर्ने नागरिकलाई आफ्नै गाउँठाउँमा आएको शिविरले निकै राहत मिलेको रामपुर १ की दिलमाया खत्रीले बताउनुभयो । नगरपालिका कार्यालय पुग्न दिनै मारेर हिड्नुपथ्र्याे, खत्रीले भन्नुभयो यही आएर उपचार औषधी लिए ।

नगरपालिकाले वडामै पुगेर ८ शीर्षकमा सेवा प्रवाह गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभयो । पालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि जनतालाई स्थानीय सरकार हाम्रो सरकार हो भन्ने भावना जागृत गराउन वडा तहमै पुगेर सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिका कार्यपालिकाको कार्यालयदेखि टाढा र गाउँ डाडाँबस्तीका वडामा पुगेर आगामी दिनमा समेत सेवा प्रवाह गरिनेछ । न्याय, अबसर र पहँुचका लागि कटिबद्ध रहेको नगरपालिकाले स्थानीय स्तरमा सहज सेवा दिन चलाएको शिविरबाट धेरै नागरिकले फाइदा लिएको उहाँको भनाई थियो ।

यसैवीच विहिबार रामपुर नगरपालिका १ र २ लाई १ नम्बर वडा कार्यालयमा भएको शिविरमा १७४ जनाले स्वास्थ्य सेवा, २४० ले आँखा जाच, ९३ जनाले दन्त सेवा, १६७ जनाले पशु सेवा, १३५ जनाले कृषिबाट सेवा, १५ जनाले जेष्ठ नागरिक परिचयपत्र र ७ जना अपाङ्खताले सेवा लिएका छन् । रामपुर नगरपालिकाले रामपुर अस्पतालसँगको समन्वयमा डाक्टर सहितको विशेषज्ञ स्वास्थ्य सेवा, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रसँगको समन्वयमा आँखा जाच सेवा तथा रामपुर युवा क्लबसँगको समन्वयमा न्यु होराईजन डेण्टल मार्फत दन्त सेवा पनि उपलब्ध गराएको थियो ।

नगरपालिकाले समय–समयमा एकीकृत घुम्ती शिविरसँगै बजार क्षेत्रबाट टाढा गाउँबस्तीका वडामा सामाजिक सुरक्षा भत्ता वडामा नै पुगेर वितरण गर्दै आईरहेको छ । पछिल्लो समय वडाका नागरिकलाई नगरपालिकाबाट दिइने सेवा नजिक छिटो छरितो र खर्चिलो हुनबाट जोगाउन नगरपालिका कार्यालयीय सेवा अन्तर्गत आर्थिक बर्ष २०८०÷०८१ को योजना सम्झौता समेत वडाबाट सञ्चालन गरेको थियो । साथै नागरिकले मालपोत कर अर्थात् तिरो तिर्न समेत नगरपालिका कार्यालय नै आउनुपर्नेमा यसबर्षदेखि मालपोत कर अर्थात् तिरो वडा कार्यालयबाटै तिर्न सकिने गरि व्यवस्था गरेको छ । नागरिकलाई सहज र सरल सेवा, पहुँचमा ल्याउन नगरपालिकाले पछिल्लो समय जनस्तरमा पुगेर काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com