शुक्रबारदेखि रामपुर मेयरकप प्रतियोगिता २०८०
पाल्पा ।
आउदो शुक्रबार देखि रामपुर नगरपालिकामा छैंटौं मेयर कप शुरु हुने भएको छ । रामपुर नगर खेलकुद विकास समितिले आउदो माघ १९, २० र २१ गते विविध प्रतियोगिता सहित मेयरकपको आयोजना गर्ने तय गरेको हो ।
नगर खेलकुद विकास समितिको बैठकले खेलको मिति तोकेको हो । यसबर्ष मेयरकप अन्तर्गत वडा स्तरीय महिला पुरुष भलिवल प्रतियोगिता, पुरुष फुटवल प्रतियोगिता, पुरुष क्रिकेट प्रतियोगिता, पुरुष व्याडमिन्टन प्रतियोगिता र एक मावि एक प्रतियोगी मावि तह स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो ।
वडा स्तरीय व्याडमिन्टन प्रतियोगितामा १ वडाबाट २ टिमले भाग लिन सक्नेछन् । मावि स्तरीय बक्तृत्वकला प्रतियोगितमा विद्यालयको सिफारिस ल्याउनुपर्ने छ । ‘‘मानब जीवनमा खेलकुदको महत्व” बिषयक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।
‘‘उत्कृष्ट अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट्र निर्माणमा मेयरकपको अभियान” भन्ने उद्घोष सहित खेलकुद, बौद्धिक कार्यक्रम तथा सांस्कृतिक र सांगितिक कार्यक्रमको आयोजना गरिएको छ ।
ढिलो गरि तय भएको खेल मैदानमा औपचारिक कार्यक्रम सहित खेल किसानबारी मैदानमा हुनेछ भने केही खेल मटेरी खेलमैदानमा आयोजना हुनेछ ।