2

Logo २०८३ बैशाख १३ आइतबार
गाँउमै सेवा दिन रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर लादै

गाँउमै सेवा दिन रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर लादै


Sabalnews प्रकाशित मिति : बुधबार, माघ १७ २०८०
1.4K

पाल्पा ।

रामपुर नगरपालिकाले वडाबाटै नागरिकलाई नगरपालिका कार्यालयको सेवा दिन एकीकृत घुम्ती शिविर लैजाने भएको छ ।

नगरपालिकाले नगरपालिका भन्दा टाढाका वडाका नागरिकलाई गाउँ स्तरमा नै सेवा दिन विभिन्न शाखाहरुको सेवा वडामा नै लैजाने भएको हो । रामपुर नगरपालिका वडा नम्बर १ र २ का वडाबासीलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले आउदो माघ १८ गते विहिबार वडा नम्बर १ को कार्यालय परिषरबाट सेवा दिने जनाएको छ ।

आम नागरिकलाई घरदैलोमा नै सेवा दिने अभिप्रायले कम्तिमा पनि बर्ष बर्षमा जनस्तरबाटै सेवा दिन एकीकृत घुम्ती शिविरको आयोजना गरेको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । अत्यावश्यक सेवाको लागि नगरपालिका कार्यालय आउनुपर्ने भएपनि नियमित स्वास्थ्य जाच, व्यवसाय दर्ता नविकरण, जेष्ठ नागरिक परिचय पत्र, डिजिटल परिचयपत्र एंव कृषि तथा पशुपंक्षी सम्बन्धी जाच परामर्श लगायतका सेवा गाउँघरमा लैजान लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभयो । सेवा लिन आउदा नेपाली नागरिकता सहित जुन कामको लागि आउने हो त्यो सम्बन्धी आबश्यक कागजात ल्याउनुपर्ने उहाँले बताउनुभयो । एकीकृत घुम्ती शिविरको रुपमा राखिएको सेवा शिविरमा के सेवा दिने र त्यसको लागि के आबश्यक चाहिन्छ भन्ने बारेमा केही दिन अघि नै सुचना सार्वजनिक गरि जानकारी दिइएको पण्डितले बताउनुभयो ।

नगरपालिका कार्यालयदेखि टाढाका वडामा घुम्ती शिविर सञ्चालन गर्ने नगरपालिकाको योजना अनुसार यस बर्ष पहिलो पटक वडा नम्बर १ र २ का लागि शिविर सञ्चालन गरिने भएको हो । यस लगत्तै वडा नम्बर ८ र १० को लागि र ९ नम्बर वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । सो सेवा शिविरबाट नगरपालिका कार्यालयबाट विभिन्न शाखाले दिने सेवा वडामा नै पुगेर दिइनेछ ।

यस अघि रामपुर नगरपालिकाले यस बर्ष नगरबाट टाढाका वडालाई मध्यनजर गर्दै वडामा पुगेर योजना सम्झौता गरेको थियो । सो सेवाबाट वडाका योजना सम्झौताका लागि नगरपालिकामा नै धाउनुपर्ने बाध्यतामा वडाबाटै सेवा पाउदा योजना समिति तथा नागरिकले सहज महशुस गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com