2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली काङ्ग्रेस पाल्पाको एक दिवसीय प्रशिक्षण रामपुरमा सम्पन्न

नेपाली काङ्ग्रेस पाल्पाको एक दिवसीय प्रशिक्षण रामपुरमा सम्पन्न


Sabalnews प्रकाशित मिति : सोमबार, माघ १५ २०८०
827

पाल्पा ।

नेपाली काङ्ग्रेस पाल्पाले रामपुरबाट जिल्ला प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

नेपाली काङ्ग्रेसको अभियान अन्तर्गत प्रदेश समिति सभापति अमर सिंह पुनको उपस्तिथिमा जिल्लामा रामपुर नगरपालिकाबाट प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।

प्रशिक्षणको शुभारम्भ गर्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले नेता कार्यकर्तालाई सच्चिएर जनमानसमा जान आग्रह गर्नुभयो । उहाँले देशमा परिवर्तन ल्याउने र आम नागरिकलाई बिकास संग जोड्ने पार्टी काङ्ग्रेस भएकोले अब आम नागरिक संग जोडिएर नागरिकलाई उर्जा थप्न सधै पार्टी नागरिक संगै हुनुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेसले केही गरेन भन्नेहरुलाई अहिलेको निति र व्यबस्था काङ्ग्रेसले नै ल्याएको बताउनुभयो ।

नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानाले तल्लो तहका नागरिकको मनोभावना अनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उप- सभापतिएवं प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले नेपाली काङ्ग्रेस नेपालीको पुरानो मात्र होइन आफ्नो भन्न गर्व लाग्ने पार्टी भएको बताउनुभयो ।

नेपाली काङ्ग्रेस पाल्पाका पार्टी सभापति हिमालदत्त श्रेष्ठले पाल्पाका ८१ वटै वडामा पुग्ने गरि नगर, प्रदेश र क्षेत्रगत रुपमा समेट्नेगरि नेपाली काङ्ग्रेसले जिल्लाभर समुदाय र जनजनमा काङ्ग्रेस अभियानका साथ जाने बताउनुभयो ।

नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति तथा जिल्लाका प्रशिक्षण विभाग प्रमुख झपेन्द्र गहिरेले काङ्ग्रेसका नेता कार्यकर्ता सच्चिनुपर्ने बताउदै असल र इमान्दार भएर लाग्ने हो भने अरुलाई दोष दिनु नपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेस रामपुर नगर समितिको सभाहलमा भएको प्रशिक्षणमा प्रदेश समिति सभापति अमर सिंह पुन, उपसभापती तथा प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठ, पाल्पा उपसभापति तथा प्रशिक्षण प्रमुख झपेन्द्र गहिरे, नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं पुर्व डिआइजी राम कार्की र लाल कुमारी रानाले प्रशिक्षण दिनुभएको हो ।
नेपाली काङ्ग्रेस पाल्पाका प्रशिक्षण बिभाग प्रमुख झपेन्द्र गहिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com