स्वस्थ भान्सा र जागरण सम्बन्धी प्रशिक्षण सकियो
पाल्पा ।
स्वस्थ्य भान्सा, स्वस्थ्य जागरण र यसको उपयोग सम्बन्धी प्रशिक्षण पाल्पाको रामपुर ६ मा सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नम्बर ६ ले वडाबासीको भान्सा सफा र सुरक्षित तथा स्वास्थ्य सम्बन्धी जागरण फैलाउन प्रशिक्षणको आयोजना गरेको थियो ।
भान्सा नै औषधालय तथा महिला स्वास्थ्य जागरण तालिमले बिशेष गरि वडाबासी महिलामा परम्परागत भान्सा र हेलचेक्रयाईले पार्ने असर बारेमा जानकारी दिदै वडाबासीलाई स्वस्थ बनाउन आधारभुत जानकारीमुलक प्रशिक्षणको आयोजना गरेको वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिनुभयो ।
तालिममा वडाका झण्डै ४ सय जना महिलाहरुको सहभागीता थियो । भान्सामा पुरुषको दाजोमा महिलाहरु बढी हुने अबस्थाले महिलामा सचेतना र गर्दै आएको कामलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने हेतुले तालिम चलाईको वडाध्यक्ष देवकोटाको भनाई छ ।
,तालिम समापनका अबसरमा बोल्दै रामपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा नगरप्रबत्ता कपिल बहादुर खाँणले स्वास्थ्य नै जिवन भएकोले पहिलो प्राथमिकता स्वास्थ्यलाई दिनुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षणमा सिकेका ज्ञान र सीप प्रयोग गरेर सुरक्षित र स्वस्थकर खाना बनाउन खान आग्रह गर्नुभयो ।
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डाक्टर बिनोद पौडेलले बिहान उठदेखि सुत्नुअघि सम्म गरिने क्रियाकलाप, भान्साका लागि तयार कृषि उत्पादन बिषादी तथा उत्पादन पछि उपभोगका क्रममा ध्यान दिनुपर्ने कुरामा कसैले पनि हेलचेक्रयाई गर्न नहुने औल्याउनुभएको थियो ।
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक केशर बहादुर क्षेत्रीले प्राकृतिक चिकित्साको उपभोग दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो ।
दरैठाटी माविको हलमा भएको प्रशिक्षण समापनमा विद्यालयका प्रध्यानध्यापक सुन्दर प्रसाद देवकोटाले अझै पनि खाने कुरा र उपभोग गर्ने तरिकामा शिक्षा कमी रहेको बताउदै समयानुकुल र शरीरले थेग्ने गरि उपयोगितामा जानुपर्ने बताउनुभयो । रामपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम समापनका अबसरमा सहभागी तारा कडेंल र सिर्जना आचार्यले आफुले तालिममा लिएका ज्ञान र उपयोगिताबारे बोल्नुभएको थियो ।
सहभागीलाई वडा सदस्य हरि ढुंगानाले धन्यवाद व्यक्त गर्नुभएको थियो भने सञ्चालन वडा सचिव चिन्तामणी भण्डारीले गर्नुभएको हो ।