2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जाको चापाकोटमा ‘‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’’ हुने

स्याङ्जाको चापाकोटमा ‘‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’’ हुने


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १४ २०८०
533

स्याङजा ।

स्याङ्जाको चापाकोटमा ‘‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’’ हुने भएको छ ।

चापाकोट उद्योग वाणिज्य संघको आयोजना र चापाकोट नगरपालिकाको प्रमुख सहयोगमा आउदो फागुन पहिलो हप्तादेखि महोत्सव गर्ने निर्णय भएको हो । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा बसेको बैठकले आगामी फागुन ३ गतेदेखि १३ गतेसम्म चापाकोट खेलमैदानमा महोत्सव एवं व्यापार मेला गर्ने तय भएको हो ।

मेलामा बिशेष गरि कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रद्र्धशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता र राष्ट्रिय कलाकारको प्रस्तुति लगाएतका कार्यक्रम हुने नबनिर्वाचित चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले बताउनुभयो ।
महोत्सवमा गाउँ–गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरूको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको छ ।

महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरू राखिने चापाकोट उद्योग वाणिज्य संघका महासचिव शिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com