2

Logo २०८३ बैशाख १३ आइतबार
स्वस्थ भान्सा र स्वास्थ्य जागरण सम्बन्धी तालिम पाल्पामा शुरु

स्वस्थ भान्सा र स्वास्थ्य जागरण सम्बन्धी तालिम पाल्पामा शुरु


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १४ २०८०
575

पाल्पा ।

भान्सा नै औषधालय तथा महिला स्वास्थ्य जागरण तालीम पाल्पाको रामपुरमा शुरु भएको छ ।

रामपुर नगरपालिका वडा नम्बर ६ को आयोजनामा वडाका महिलाहरुलाई लक्षित गरि तालिम चलाईएको वडाध्यक्ष दिवाकर देवकोटाले बताउनुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले तालिम शुभारभ्म गर्नुहुदै मानिस स्वस्थ र निरोगी हुन भान्सामा प्रयोग हुने खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भान्सामा पाक्ने खाना खाजा ताजा, सफा र गुणस्तरीय बनाउनु पर्ने हुँदा तालिम महत्वपुर्ण रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, रामपुर नगरपालिकाका सल्लाहकार बिष्णुमाँया ढकालले तालिम सिकेर व्यबहारमा उतार्न महिला दिदिबहिनीहरुलाई अनुरोध गर्दै तालिम सफलताको शुभकामना दिनुभएको थियो । रामपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष दिवाकर देबकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव चिन्तामणी भण्डारी र स्वागत वडा सदस्य एबँ कार्यपालिका सदस्य सारदा आचार्यले गर्नुभएको हो ।

रामपुर नगरपालिका वडा नम्बर ६ को दरैँठाटी माद्यामिक बिधालयको सभाहलमा भएको तालिममा प्रशिक्षक सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डाक्टर बिनोद पौडेलले प्रशिक्षण दिनुभएको छ । तालिम २ दिन चल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com