2

Logo २०८३ बैशाख १३ आइतबार
प्रेमध्वज संगीत रत्न पुरस्कार युवा गायक रुपक डोटेललाई

प्रेमध्वज संगीत रत्न पुरस्कार युवा गायक रुपक डोटेललाई


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १४ २०८०
820

काठमाडौं ।

बिन्धवासिनी फाउण्डेसनले युवा गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्नबाट सम्मान गर्ने भएको छ ।

शनिबार आयोजित फाउण्डेसनको दशौँ वार्षिक भेलाले स्याङ्जाली लोक आधुनिक तथा गजल गायक डोटेललाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० अग्रज गायिका मीरा राणालाई सम्मानित गरिने भएको छ । उहाँलाई नगद एक लाख रुपैयाँ राशिसहित सम्मानप्रदान गर्ने जनाइएको छ ।

बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द रायमाझीलाई सम्मान गर्ने निर्णय भएको छ ।

भेलाले २५ राशिसहितको बिन्ध्यवासिनी कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई अर्पण गर्ने निर्णय गरेको छ ।

बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ ।

परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको हो । म्युजिक अवार्डको १४ औँ संस्करण चैत १ गते आयोजना हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com