2

Logo २०८३ बैशाख १४ सोमबार
बगनासकाली संस्थागत क्षमता मुल्यांकनमा जिल्लामै प्रथम

बगनासकाली संस्थागत क्षमता मुल्यांकनमा जिल्लामै प्रथम


Sabalnews प्रकाशित मिति : शनिबार, माघ १३ २०८०
456

पाल्पा ।

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका स्थानीयतहको संस्थागत क्षमता स्वमुल्यांकनको नतिजामा जिल्ला प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रत्यक बर्ष सार्वजनिक गर्ने बार्षिक स्वमुल्यांकनमा पाल्पा जिल्लामा बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९ /०८० मा ८८.५ प्रतिशत ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो ।

स्थानीय तहको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना, वित्तिय एवम् आर्थिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी दशवटा मुख्य सूचक र यसका अतिरिक्त अन्य १ सयवटा सहायक सूचकहरुको आधारमा स्वमूल्यांकन हुने गर्दछ । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा यी सूचकहरुको आधारमा ८८ दशमलव ५ प्रतिशत प्राप्त गरेको छ ।

पाल्पाका अन्य पालिका मध्य रम्भा गाउँपालिकाको ८६, तानसेन नगरपालिकाको ८३, रामपुर नगरपालिकाको ८०.२५, तिनाउ गाउँपालिकाको ७५, रैनादेवी छहरा गाउँपालिकाको ७४.५, निस्दी र रिब्दीकोट गाउँपालिकाको ७४.२५, पूर्वखोला गाउँपालिकाको ६०.७५ प्रतिशत अंक प्राप्त भएको उल्लेख छ । माथागढी गाउँपालिकाको लिजामा अंक उल्लेख भएको छैन यद्यपी ७५ दशमलव ५ प्रतिशत दावी रहेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताउनुभयो ।

स्थानीयतह सस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ अनुसार प्रत्येक स्थानीय तहहरुले आर्थिक वर्षको पौष मसान्तभित्रमा लिजामा उल्लेख भएको सूचकहरुको आधारमा आवश्यक कागजातहरु सहित आ–आफ्नो स्वमूल्यांकन पेश गर्नुपर्ने हुन्छ ।
स्थानीय तहहरुले पठाएको कागजातको आधारमा मन्त्रालयले अन्तिम अंक प्रदान गर्ने गर्दछ । स्थानीयतहको सवल र दुर्वल पक्ष पत्ता लगाई विकास र सुशासनमा कमीकमजोरी सच्याउन नेपालमा स्थानीयतह सस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) लाई प्रयोग गर्ने गरिएको छ ।
त्यसो त स्थानीयतह सस्थागत क्षमता स्वमूल्यांकनमा बगनासकालीले स्थिति सुधार गरेको हो । आर्थिक वर्ष २०७७/०७८ मा ५४.११ प्रतिशत मात्र प्राप्त गरेको पालिकाले निरन्तर सुधार गर्दै आर्थिक वर्ष २०७८/०७९ मा ६४.३६ मात्र अंक प्राप्त गरेको थियो । अहिले जिल्ला प्रथम हुने गरि संस्थागत सुधार गरेको हो ।

गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले अघिल्लो आर्थिक वर्ष जसरी नै काम गर्ने बताउँदै गाउँपालिकाले सबै सूचकहरुलाई ध्यान दिएर काम गरेको उल्लेख गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com