कालिकोटमा नागरिकलाई न्यानो कपडा बितरण
कालिकोट ।
कालिकोटको नरहरिनाथ गाउँपालिकाले गाउँपालिका अध्यक्ष सहायता कार्यक्रम अन्तर्गत नागरिकलाई न्यानो कपडा बितरण गरेको छ ।

आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बिपन्न नागरिकसंग गा.पा अध्यक्ष सहायता कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउँपालिका वडा नं ९ का ६८ बर्ष भन्दा माथिका अन्य जेष्ठ नागरिक/एकल महिलाहरुलाई न्यानो कपडा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताउनुभयो ।
चिसो मौसममा न्यानो कपडा बितरण कार्यक्रम अनुसार नै वडाका नागरिकलाई बितरण गरिएको हो । १३० जनालाई कपडा बितरण गरिएको र नआएकालाई सम्बन्धित वडा कार्यालय तथा पालिका कार्यालयबाटै दिईने गाउँपालिकाले जनाएको छ ।