2

Logo २०८३ बैशाख १५ मंगलबार
पौडेल समाज रामपुरको प्रथम बृहत भेला सम्पन्न

पौडेल समाज रामपुरको प्रथम बृहत भेला सम्पन्न


Sabalnews प्रकाशित मिति : शनिबार, माघ ६ २०८०
1.1K

पाल्पा ।

पाल्पाको रामपुरमा पौडेल समाज रामपुर नगर स्तरीय प्रथम बृहत भेला सम्पन्न भएको छ।

पौडेल वंशको इतिहास के हो? कहाँ-कहाँ बसोबास छ र कहाँबाट आएको भन्ने आफ्नो वंशजबारे खोज र जानकारीको लागि भेला आयोजना गरेको हो ।

नगर स्तरिय प्रथम बृहत भेला संयोजक कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा बोल्दै संयोजक कृष्ण प्रसाद पौडेलले पौडेल बशज बिस्तारबारे जानकारी दिनुभएको थियो ।

पौडेल वंशज बारे इतिहासमा भेटिएका बिषय परिभाषा उल्लेख गर्दै उहाँले शुक्ल यजुर्बेदमा लेखिएको पौडेल बशको बारे बताउनुभयो।

२०६० सालको तथ्यांक अनुसार लगभग देशैभरी २१ लाख पौडेल वंशज रहेको छ । भट्ट थरबाट परिवर्तन हुँदै पौडेल बशजको उत्पत्ति भएको किबदन्ती छ । भारतको पौडी भन्ने ठाउबाट नेपालको डोटी आइसकेपछि नेपालमा पौडेलको बिस्तार भएको मानिन्छ।

किसानबारी खेल मैदान भएको कार्यक्रममा लुम्बिनी प्रदेश पौडेल समाज सदस्य नगिलाल पौडेलले बशजको अनुसन्धान खोज र तथ्यांक संकलन गरि आफ्नो पौडेल बशज इतिहासमा कोर्नुपर्नेमा जोड दिनुभयो ।

महेश कुमार पौडेलले स्वागत, रेखा पौडेलले धन्यवाद दिनुभएको कार्यक्रमको संचालन टिकाराम पौडेलले गर्नु भएको थियो ।

रामपुर नगर भित्रका सबै पौडेल बन्धुहरुको उपस्थितिमा परिचयात्मक कार्यक्रम सहित भएको नगर स्तरिय भेलाले पौडेल समाज नगर समिति गठन गरेको छ।

भेलाले कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन र वडा गत १ जना प्रतिनिधि सहित १० सदस्यीय समिति गठन गरेको समीर पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com