2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको अध्यक्षमा रामप्रसाद पन्थी

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको अध्यक्षमा रामप्रसाद पन्थी


Sabalnews प्रकाशित मिति : शनिबार, माघ ६ २०८०
841

पाल्पा ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार तानसेनमा भएको अधिवेशनले सर्वसम्मत रुपमा पन्थीको नेतृत्वमा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा युवराज पन्त, सचिवमा विष्णु प्रसाद खनाल, सहसचिवमा शिव प्रसाद पाण्डे र कोषाध्यक्षमा ज्योती कार्की रहनु भएको छ । त्यस्तै अधिबेशनले सदस्यमा हरि बहादुर बाह्रघरे, सञ्जय घर्ती, लक्ष्मण भण्डारी, जमुना न्यौपाने, गोपीकृष्ण आचार्य र ज्ञानु पाण्डेलाई चयन गरेको छ ।

साधारण सभा तथा अधिवेशनको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले संघियता कार्यान्वयनमा आए पनि व्यवसायी मैत्री कानुन नआउँदा व्यवसायी सुरक्षामा चुनौती देखिएको बताउनुभयो । उहाँले पुस्तक व्यवसायीहरु मात्रै नभई अन्य व्यवसायीहरु पनि समस्यामा परेको भन्दै तीनै तहका सरकारले व्यवसायी मैत्री कानुन निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले अस्थिर सरकारका कारण व्यवसायी तथा जनमानसनमा निराशामा छाएको बताउनुभयो । उहाँले आन्तरिक आयातको तुलनामा निर्यात बढाउन तर्फ लाग्ने समय आएको बताउनुभयो । निराशाका कुरा मात्र भन्दा पनि सम्भावना र अवसरको बहसको खाँचो देखिएको बताउनुभयो

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य गणपति पाण्डेले व्यवसायीको अधिकार सुनिश्चित गर्न महासंघ लागि परेको बताउनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य कमलराज तिमिल्सिनाले पुस्तकको सहज आपूर्तिको व्यवस्थाका लागि महासंघ प्रतिबद्ध भएर लागेको बताउँदै मर्यादित ढंगबाट व्यवसाय सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले पुस्तक तथा स्टेशनरी व्यवसाय अन्य व्यवसायहरु भन्दा विशिष्ट व्यवसाय रहेको बताउनुभयो । पुस्तक व्यवसायीले व्यवसाय मात्र नभै सेवा गरिरहेको बताउनुभयो ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सरकारको ठोस नीति नआउँदा व्यवसायीहरु कर तिरेर बस्न  बाध्य भएको बताउनुभयो । व्यवसायीहरुमा उत्साह गुमेको र विदेश पलायनको क्रम बढिरहेको भन्दै त्यस तर्फ राज्यले सोच्नु आवश्यक रहेको उहाँले बताउनुभयो । पाल्पा व्यापार संघका बामदेव गौतमले व्यवसाय धरासायी बन्दै गएपनि राज्यले ध्यान दिन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव केशव श्रेष्ठले समय मै पाठ्यपुस्तक विद्यार्थीसम्म पुर्याउने प्रतिवद्धता जनाउनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा पाल्पाका अध्यक्ष गोपाल बस्यालले व्यवसाय स्वच्छ र मर्यादित रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा पाल्पाका संस्थापक अध्यक्ष केदारलाल श्रेष्ठले पुस्तक तथा स्टेशनरी व्यवसाय इज्जत कमाउने र ज्ञान बाँड्ने पेशा रहेको बताउनुभयो । विगतको तुलनामा अहिले धेरै सहज र अवसर रहेको बताउनुभयो ।

प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्यले सरकारको स्पष्ट नीतिको अभावमा विदेश पलायन र बसाईसराई बढ्दो क्रममा रहेकाले यसलाई रोक्नको लागि उचित कदमको खाँचो रहेको बताउनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा पाल्पाका सल्लाहाकार राजेन्द्र लिगलले व्यवसायीहरु एकताबद्ध भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । महासंघका प्रेस सल्लाहाकार मुक्ति न्यौपानेले शिक्षा क्षेत्रको विकासमा पुस्तक व्यवसायीहरुको महत्वपूर्ण स्थान रहने भएकाले स्थानीय सरकार संग सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनुभयो । माडी भ्यू होटेल तानसेनको सभाहलमा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले महासंघले गरेका कार्य र प्राप्त उपलब्धीको बारेमा जानकारी गराउनु भएको थियो ।अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष भेषराज पोखरेलको स्वागत र सचिव तारा सुनारीको सञ्चालनमा भएको थियो ।

कार्यक्रमको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले महासंघका प्रेस सल्लाहाकार मुक्ति न्यौपाने र इमान सिं रानालाई सम्मान गरेको थियो । साथै महासंघलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com