2

Logo २०८३ बैशाख १३ आइतबार
महिला, बालबालिका, जेष्ठ नागरिक मन्त्री आचार्यले गरे वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन उद्घाटन

महिला, बालबालिका, जेष्ठ नागरिक मन्त्री आचार्यले गरे वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन उद्घाटन


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ २ २०८०
897

कपिलबस्तु ।

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ३ को जमुनीस्थित नवनिर्मित वडा कार्यालय भवन तथा जमुनी आधारभुत स्वास्थ्य केन्द्रको भवन उदघाटन भएको छ ।

भवनको महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले एक कार्यक्रमका बिच उदघाटन गर्दै मन्त्री आचार्यले दुवै भवन निर्माणले नागरिकलाई सेवा लिन सहज भएको बताउनुभयो । निर्मित भवनबाट दिने सेवा प्रवाहलाई सरलीकृत बनाउनुपर्नेमा उहाँको जोड थियो । यस बर्ष जाजरकोटमा आएको भुकम्पका कारण संसदिय बिकास कोषको बजेट रकमान्तर भएकाले कतिपय क्षेत्रका योजनामा लगानी हुन नसकेको उल्लेख गर्दै उहाँले आफु मन्त्री हुदा केन्द्रिय बजेटको काम लगभग टुङ्गिएको अवस्था भएकाले बजेटमा आफ्नो योजनाहरु प्राथमिकतामा पर्न नपाएकाले यस बर्ष जिल्ला र निर्वाचन क्षेत्रका लागी बिकासका योजना ल्याउन आफुले पहलकदमी शुरु गरेको बताउनुभयो । बिकासका योजनासगै युवा स्वरोजगार, महिला सिप बिकास र अन्य सामाजिक क्षेत्रका कार्यक्रम ल्याउन आफुले पहल गर्दै आएको मन्त्री आचार्यको भनाई थियो । हुलाकी क्षेत्र जोडिएको यस पालिकामा ठुला उद्योगहरु ल्याउन पहल गरि युवालाई स्वरोजगारका कार्यक्रम सँग जोड्न आफु तत्पर रहने आचार्यले बताउनुभयो ।

१ करोड ७ लाख लागतमा १ कठ्ठा १५ धुर जग्गाको क्षेत्रफलमा निर्मित वडा कार्यालय भवन र ४४ लाखको लागतमा उपभोक्ता समितिद्वारा निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवन उदघाटन भएको हो ।

कार्यक्रममा वडा कार्यालयको लागी १ कठ्ठा १५ धुर र सो को बाटो निकासका लागी थप १/१ कठ्ठा जग्गा प्रदान गरेका दाता सुन्नर मुराउको परिवारका सदस्य, स्वास्थ्य केन्द्रलाई जग्गा प्रदान गर्ने जग्गादाता निराजन सिंह चौधरी र वडाको भवन निर्माण गर्ने निर्माण व्यवसायी खुसी कन्ट्रक्सनका प्रोपराईटर प्रमोद यादव सम्मानित भएका छन् । कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले पालिकाका सबै वडा र स्वास्थ्य केन्द्रलाई पुर्वाधार र सुबिधायुक्त बनाउने निती अनुरुप निर्मित भवनले आम नागरिकलाई सेवा प्रवाह सहज हुने बताउनुभयो । पुर्वाधार सगै शिक्षा र स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिन राष्ट्रिय सभाका पुर्व सदस्य दिर्घनारायण पाण्डेयले सुझाव दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले सम्पन्न योजनाको लागत प्रस्तुत गर्दै निर्मित संरचनाका कारण कार्य सम्पादन थप प्रभावकारी हुने बताउनुभयो। भवन बने संगै वडाबासीलाई सेवा प्रभावकारी हुने वडा नं. ३ का अध्यक्ष नैनदास मुराउले बताउनुभयो। पालिकाका सव ईन्जिनियर सुरेन्द्र कुमार चौधरी, एमआईएस अपरेटर बृजेश यादव लगायतले वडा पुर्वाधार युक्त बनेका कारण सेवा प्रवाह सुदृढ हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com