2

Logo २०८३ बैशाख १४ सोमबार
माघे सङ्क्रान्तिका लागि आज र भोलि मुग्लिन-नारायणघाट, पाल्पा- वुटवल सडक बन्द नहुने

माघे सङ्क्रान्तिका लागि आज र भोलि मुग्लिन-नारायणघाट, पाल्पा- वुटवल सडक बन्द नहुने


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २९ २०८०
547

काठमाडौं ।

भोलिको माघे सङ्क्रान्तिका लागि नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि बन्द नहुने भएको छ । भोलि माघे सङ्क्रान्ति परेकाले आज र भोलि २४ सै घण्टा सडक खुला गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार यसअघि आयोजनाले माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाटमा नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि एक दिन सडक बन्द नगर्ने निर्णय गरेकोमा त्यसलाई परिमार्जन गरी आज पनि सडक खुला गरिएको हो ।

पर्सिदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक  बन्द हुनेछ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गर्ने निर्णय भएको हो । तुइन खोलामा पुल बनाउन पहाड काट्ने काम भैरहेको छ । नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् ।

यस्तै, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड पनि आज र भोलि दुई दिन बन्द नहुने भएको छ । पुस १६ गतेदेखि राति दैनिक ६ घण्टा बन्द भएको सडक आज र भोलि माघे सङ्क्रान्तिको अवसरमा बन्द नगर्ने निर्णय भएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिनुभयो । यो सडकमा राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका गाडी रोकेर सुरुङ निर्माणको काम हुँदै आएको छ ।

गएको १६ गतेदेखि एक सय दिनसम्मका लागि राति ६ घण्टा सडक बन्द गरिएको हो । तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको झण्डै ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाउने काम भैरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com