विवाद रहेको रजघरा खानेपानी तथा सरसफाई उपभोत्ता समिति अध्यक्षमा हरि प्रसाद कडेंल
पाल्पा ।
लामो समय विवादास्पद रहेको रजघरा खानेपानी तथा उपभोक्ता समिति रामपुर ३ रजघरा पाल्पाको प्रथम साधारण सभा तथा अधिबेशनले हरि प्रसाद कडैंलको अध्यक्षतामा समिति गठन गरेको छ ।
साधारण सभा तथा अधिवेशनले कंडेलको अध्यक्षतामा ९ सदस्यिय उपभोक्ता समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा प्रेम पोखरेल, सचिवमा खडक सिं ठकुरी मदन, कोषाध्यक्षमा विष्णु बहादुर थापा, सदस्यमा ईश्वरी पाण्डे, सलक कामी, पार्वती शाही, देउमाया विक र दिर्घनारायण चापागाँई रहनु भएको छ ।

लामो समय संस्थाको साधारण सभा तथा अधिबेशन नभएको गुनासो आएपछि सरोकारवाला तथा स्थानीय तहले तदर्थ समिति गठन गरि निर्वाचन प्रक्रिया शुरु गरेको थियो । निर्वाचनमा गएको संस्थाको अधिबेसनले समिति चयन गरेको हो । साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खानेपानी जनताको आधारभूत आवश्यकता संग जोडिएको संवेदनशिल विषय भएकोले नगरबासी खानेपानीलाई खानेपानी दिन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । सरकारको एक घर एक धारा नीति अनुसार नगर सरकार पनि सोही अनुरुप लागि परेको उहाँको भनाई थियो।
रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले खानेपानी जनताको आवश्यकता र स्वास्थ्यसंग जोडिने भएकाले संवेदनशिल भएर लाग्न आग्रह गर्नुभयो । वडा नं ३ का अध्यक्ष दामोदर पाठकले स्वच्छ पिउने पानी खुवाउन र सबै उपभोक्ताको घर–घरमा धारा पु¥याउन समितिले काम गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य सुर्य प्रसाद श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका ईन्जिनियर सन्जिव अधिकारी, निर्वाचन अधिकृत पशुपति खनाल, नेपाली काँग्रेसका सभापति प्रकाश ज्ञवाली, नेकपा एमाले रामपुर ३ का अध्यक्ष ईश्वरी खनालले बोल्दै समितिलाई सफल कार्यकालको शुभकामना दिदै खानेपानीका बिषयमा संवेदनशील हुनुपर्ने बताउनुभयो ।
साधारण सभामा पूर्व तदर्थ समितिका सचिव लोकनाथ भट्टराईले करिब २८ लाख बराबरको आयव्याय र बर्तमान तदर्थ समिति सहसचिव खडक सिं ठकुरीले १ लाख ६० हजार बराबरको छुट्टाछुटै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समितिमा केही विवादका कारण २ पटक सम्म तदर्थ समिति गठन गरिएको थियो ।
तदर्थ समितिका अध्यक्ष सुर्य प्रसाद पोखरेलको अध्यक्षतामा भएको साधारण सभा तदर्थ समितिका सदस्य यमकान्त पाठकको स्वागतर तदर्थ समिति सचिव हरिचन्द्र पोखरेलको सञ्चालनमा भएको हो।