2

Logo २०८३ बैशाख १३ आइतबार
सूर्यज्योति लाईफ मार्फत विमित बालिकालाई मासिक आय सुविधा प्रदान

सूर्यज्योति लाईफ मार्फत विमित बालिकालाई मासिक आय सुविधा प्रदान


Sabalnews प्रकाशित मिति : शनिबार, पौस २८ २०८०
1.5K

पाल्पा ।

सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा सिल्खानटोल शाखाले विमित बालिकालाई मासिक आय सुविधा प्रदान गरेको छ । बगनासकाली गाउँपालिका वडा नं. ३ पाल्पाका पुर्णिमा कुँवरलाई मासिक आय सुविधा प्रदान गरेको हो ।

५ वर्ष अघि छोरी पुर्णिमा कुँवरको नाममा उनकी आमा दुर्गासरा कुँवरले प्रस्तावक भई २ लाख विमाङ्क बराबरको सूर्य ज्योति बालसावधिक जीवन बीमालेख खरिद गर्नु भएको थियो । आमाको निधन संगै कम्पनीले बालिकाको लागि शर्त अनुसार विमाङ्कको एक प्रतिशतका दरले मासिक दुई हजार रुपैयाँ भुक्तानी दिन सुरु गरेको हो ।

सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा सिल्खानटोल शाखा प्रमुख खर्ग सिंह सोमै र अपरेसन इन्चार्ज यम गिरीले बच्चको अभिभावक बालमती कुँवरलाई भुक्तानी पुर्जी प्रदान गर्नु भएको हो । शाखा प्रमुख सोमैले बीमालेखको शर्त अनुसार बालिकाले १६ वर्षको उमेर सम्म मासिक आय सुविधा प्राप्त गर्नेछ । साथै बालिकाको बीमा शुल्क मिनाहा हुने र अवधि पश्चात नियम अनुसारको विमाङ्क रकम तथा बोनस रकम प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com