चापाकोटले ४ हजार बढीलाई दियो गाउँघरमै उपचार सेवा
स्याङजा ।
स्याङजाको चापाकोट नगरपालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ४ हजार बढीले सेवा लिएका छन् । चापाकोटका वडामा रहेका स्वास्थ्य संस्था र नगर अस्पतालमा शिविर आयोजना गरेको थियो ।

एकहप्तासम्म चलेको शिविरमा नगरबासीले गाउँघर वडामा नै विविध उपचार तथा परामर्श सेवा पाएका हुन् । गत पुष १२ गते देखि संचालित भएको निःशुल्क स्वास्थ्य शिविर मार्फत नगरका १० वटै वडाका गरि जम्मा ४ हजार ३ सय ५६ जनाले उपचार सेवा लिएका छन् । उपचार सेवा लिन पनि अस्पताल धाउनुपर्ने तथा बाहिर नै जानुपर्ने अबस्थाको अन्त्य गर्दै नगरपालिकाले समय समयमा नगरका विभिन्न स्थानमा स्वास्थ्य शिविर लैजाने गरेको चापाकोट नगरपालिका नगर प्रमुख देव बहादुर खाँण ईश्वरले बताउनुभाये । नगरपालिकाले चलाएको शविरबाट २ हजार ७ सय ७८ महिला र १ हजार ५ सय ७८जना पुरुषले विभिन्न रोगको उपचार तथा दिगो रोग परिक्षण एंव परामर्श लिएका छन् ।
विशेषज्ञ सेवा सहित चलेको शिविरमा विरामीलाई औषधी तथा अबस्था बारे जानकारी दिइएको हो । स्वास्थ्य शिविरकै अबसरमा नगरपालिकाले वडा भित्रका पालिका स्तरीय सबै योजनाहरू वडा तहबाट नै सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख ईशा रानाले जानकारी दिनुभयो ।