रामपुर नगरपालिकाको १४ औं अबिधेशन सम्पन्न, स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन पारित
पाल्पा ।
रामपुर नगरपालिकाको १४ औं अधिबेशन स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन पारित, योजनामा रकमान्तर तथा विभिन्न बिषयगत समिति पुर्नगठन गरि सम्पन्न भएको छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको नगर अबिधेशनमा विधायन समितिका सदस्य दिनेश आचार्यले प्रस्ताब पेश गर्नुभएको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन २०८० को प्रस्ताव सभाले पारित गरेको छ । न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन अन्तर्गत न्यायिक समितिको मासिक ३ वटा बैठक भत्ता तथा न्यायिक निरुपण वापतको रकम पाउने व्यवस्थाको प्रस्ताव पारित भएको छ ।
नगर उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नुभएको चालु आर्थिक बर्षको ६२ योजनाको शीर्षकान्तर तथा रकमान्तर गरिएको छ । लेखा समिति संयोजक दामोदर पाठकले प्रस्तुत गर्नुभएको बेरुजु नियमित गर्ने सम्बन्धमा लेखा समितिको १ करोड ५७ लाख, ११ हजार १ सय ४८ रुपँयाको सैद्धान्तिक बेरुजु रहेको लेखा प्रतिवेदनलाई अबिधेसनले पारित गरेको छ ।
साथै विभिन्न ३ बिषयगत समितिको समेत अबिधेसनले समिति पुर्नगठन गरेको छ । नगरपालिकाले लेखा समिति संयोजक दामोदर पाठकले प्रस्ताव गर्नुभएको लेखा समिति, बिधायन समिति सदस्य दिनेश आचार्यले प्रस्ताव गर्नुभएको विद्यायन समिति र अनुगमन तथा सुशासन समिति संयोजक कपिल बहादुर खाँणले प्रस्ताव गर्नुभएको अनुगमन तथा सुशासन समितिको पुर्नगठन गरेको हो । अधिबेसनले तेज बहादुर राना संयोजक, मदन बहादुर खाँण ठकुरी, हरिनाथ ढुंगाना, कमलादेवी रुचाल र नरेन्द्रकुमार जर्घा सदस्य रहेको लेखा समिति गठन गरेको हो ।
मिन बहादुर सिंजाली संयोजक रहेको बिद्यायन समितिको पुर्नगठन भएको छ । समितिको सदस्यहरुमा बिष्णुमाँया गैह्रे, मोहमद अजिम शेख, सुमित्रा बर्मेली र नारायण चन्द ठकुरी रहनुभएको छ । त्यस्तै मोहन सिं रानाको संयोजकत्वमा रहेको अनुगमन तथा सुशासन समितिको सदस्यहरुमा युवराज शाही, थाममाँया नेपाली दर्जी, मिठठु माँया सुनार र गोप बहादुर राना रहनुभएको छ ।
अधिबेसनमा सुशासन समिति संयोजक तथा सभा सदस्य कपिल बहादुर खाँणले प्रध्यानध्यापकको कार्यशाला बजेट रकमान्तर, इन्धन खर्च तथा खेलकुदका बिषयमा ज्ञिजासा राख्नुभएको थियो ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरपालिकाले पहुँच बृद्धि गर्दै नागरिकप्रति उत्तरदायिकत्व पारदर्शिता र सुशासन कायम राखी विधिसंवत काम गर्दै जाने बताउनुभयो । उहाँले नगरको विकासका लागि सबै जनप्रतिनिधि, राजनितिक दल, नागरिक अगुवा एकजुट हुनुको विकल्प नभएको बताउदै विकासमा हातेमालो गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नगर अधिबेशनमा वडा नम्बर १० का वडाध्यक्ष तथा सभा सदस्य तोयानाथ सारु र सभा सदस्य दुर्गादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको थियो । नगरसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले सभाका आचारसंहिताबारे जानकारी दिदै सभालाई अगाडी बढाउनुभएको हो भने आह्वान पत्र प्रस्तुत गर्नुभएको थियो ।