सीताकुण्ड दुग्ध सहकारी संस्थामा नयाँ नेतृत्व
पाल्पा ।
सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको ११ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले मोहन प्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्य सञ्चालक समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विनोद श्रेष्ठ, सचिवमा देवराज पंगेनी, कोषाध्यक्ष दुर्गादेवी आचार्य, सदस्यमा जीवनाथ ढुङ्गाना, बोधराज ढुङ्गाना, भगवती आचार्य, मित्रलाल गैरे, सुशिल लम्साल, सपना श्रेष्ठ र मधुसुदन गौतमलाई चयन गरेको छ । अबिधेशनले एकराज अर्याल संयोजक तथा गीता डोटेल र सूर्य प्रसाद गैरे सदस्य रहेको लेखा समिति चयन गरेको छ ।

बन्द सत्र कार्यक्रमको संचालन संस्था विकास उपसमिती संयोजक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।
संस्थाका अध्यक्ष कृष्ण कुमार अर्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले पहुँच मार्गले जोडिएको यस क्षेत्रमा कृषि उत्पादन र पशुजन्य उत्पादन तथा बिक्री गर्न सहज भएकाले अब व्यवसायिक भएर लाग्न अनुरोध गर्नुभयो ।
साधारणसभाका अवसरमा असल पशुपालक दुग्ध उत्पादक केशवराज भट्टराई, दिपा पंगेनी, नियमित बचतकर्ता तलकान्ती खनाल, बृहस्पती पौडेल, असल ऋणि सुदिप गैरे सम्मानित हुनुभयो ।