तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा तथा चौथो अधिबेशन सम्पन्न, ६ बिधेयक पारित
रुपन्देही ।
तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ।
विभिन्न ६ वटा बिधेयक माथि छलफल र पारित गर्दै नगरपालिकाको हिउँदे अधिबेशन सम्पन्न गरेको हो। नगर सभा तथा हिउदे अधिवेशन नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको हो ।
नगर सभाले कार्यपालिकाले निर्णय गरेका बिधेयक, न्यायिक समिति, लेखा समिति, आर्थिक ऎन २०८०, विपद व्यवस्थापन तथा बाताबरण र प्राकृतिक स्रोत व्यवस्थापन सम्वन्धि विधेयक पास गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।विभिन्न कार्यक्रमको अनुमोदन, न्यायीक समितको प्रतिवेदन तथा करका केहि दायरामा हेरफेर समेत गरेको छ ।
हिउँदे अधिबेशनको समापनको अवसरमा नगर उपप्रमुख जागेश्वर देवी चौधरीले न्यायिक समिति प्रतिबेदन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र तिलोत्तमा आर्थिक ऐन २०८० प्रथम संशोधन प्रस्ताव पेश गर्नुभएको थियो भने तिलोत्तमा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले लेखा समितिको प्रतिबेदन, कार्यपालिका सदस्य राधा शाही ठकुरीले कार्यपालिका निर्णय प्रस्ताव, रवि सेन्चुरीले खानेपानी तथा सरसफाइ र स्वच्छता विधेयक २०८० प्रस्तुत गर्नुभएको थियो।
ति सबै बिधेयक नगरपालिकाका सभा सदस्यहरुबीच प्रस्तावको अनुमोदन गरि पारित समेत गरेको छ।