2

Logo २०८३ बैशाख १४ सोमबार
प्युठान जिल्ला कारागारमा पुस्तक हस्तान्तरण

प्युठान जिल्ला कारागारमा पुस्तक हस्तान्तरण


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस २४ २०८०
841

प्युठान ।

प्युठान जिल्ला कारागारमा पुस्तकालय स्थापना भएको छ । ‘कारागारमा पुस्तक’ अभियान संचालन गर्नुभएकी लुम्बिनी प्रदेश सभा सदस्य नीमा गिरीको आयोजना तथा कालीगण्डकी फाउण्डेशन नेपाल, खलङ्गा सरोकार मन्चले पुस्तकहरु संकलन गरि आज हस्तान्तरण गरेको हो ।

लुम्बिनीमा  अभियान प्रदेश सभा सद्स्य निमा गिरिले ल्याउनुभएको हो अहिले पुस्तक प्युठान कारागारमा हस्तान्तरण गरिएको छ। पुस्तक हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका भौतिक तथा यातायात मन्त्री सरोज थापा (रोज राणा)ले पुस्तक हस्तान्तरण गरेर शुभारम्भ गर्नुभयो । उहाले निरन्तर प्युठान बनाउन आफू लाग्ने बताउदै उदारहणीय कार्यको प्रशंसा गरे । कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप रानाले विद्या सर्वोसर्वा रहेको उल्लेख गर्नुहुँदै यो अभियानमा जोडिनु गर्वको महशुस भएको बताउनुभयो ।

प्रमुख जिला अधिकारी नारायण प्रसाद अर्यालले जेलमा रहेका कैदी बन्दीको शिक्षा र सकारात्मक बिचारमा यसले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । योजना आयोगका डा. नअकुल केसीले खुल्ला कारागारको धारणा आइसकेको बताउनुभयो । मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले जग्गा व्यबस्थित गरेर कारागार भवन बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

कारागारमा पुस्तक र पुस्तकालयले सघाउ पुर्‍याउने छ भने बन्दी कैदीलाई समाजमा पुर्नस्थापित हुन थप मद्धत पुग्ने छ। पाल्पामा विद्यामन्दिर सार्वजनिक पुस्तकालय सञ्चालन तथा विविध सामाजिक काम गर्दै आएको फाउण्डेशनले प्युठान  कारागारमा पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेको हो र यो निरन्तर अन्यत्र पनि गर्दै जाने अध्यक्ष निलकठ्ठ भन्डारीले जानकारी दिनुभयो ।

प्युठान कारागारमा हाल ९६ जना कैदीबन्दी रहेका छन्। कारागारमा पुस्तक अभियान चलेपछि कारागार आफैले पुस्तकालयको संरचना बनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com