2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, कुल १९.३१ प्रतिशत खर्च

रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, कुल १९.३१ प्रतिशत खर्च


Sabalnews प्रकाशित मिति : सोमबार, पौस २३ २०८०
372

पाल्पा ।

रामपुर नगरपालिकाले चालु आर्थिक बर्षको प्रथम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । पहिलो पटक नगरपालिका कार्यालयमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन र सार्वजनिक सुनुवाई गरेको हो ।

रामपुर नगरपालिकाको आयोजना र राष्ट्रसंञ्चार मिडिया प्रा.लि.को सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा सहभागीले रामपुर नगरको विकास समृद्धि, सहज, सरल, पहुँच सेवा तथा सुशासनका बिषयमा जिज्ञासा राखेका थिए । उठेका जिज्ञासाको जवाफ दिदै रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले रामपुरमा विकासले गति लिएको बताउदै व्यवस्थित नगर बनाउन पहल भइरहेको बताउनुभयो । स्थानीय उत्पादन र प्रोत्साहनमा सदैव नगरपालिका सकारात्मक रहेको उल्लेख गर्दै नगरप्रमुख थापाले आम समुदायको सहभागीता र सल्लाहसुझाव बाट अघि बढ्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा भएका गतिविधिबारे जानकारी दिदै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु तर्फ ५४ करोड ५१ लाख ३९ हजार ४ सय २३ विनियोजन भएकोमा हाल सम्म १२ करोड २३ लाख ७३ हजार ४ सय ४८ रुपैयाँ अर्थात् २२.४५ प्रतिशत र पुँजीगत तर्फ १८ करोड ३३ लाख ६० हजार ५ सय ७७ रुपैयाँ विनियोजन भएकोमा १ करोड ८३ लाख १८ हजार ७ सय ६१ रुपँया अर्थात् ९.९९प्रतिशत खर्च भएको जानकारी दिनुभयो । उहाँले कुल विनियोजित रकमको १९ दशमलव ३१ प्रतिशत खर्च भएको र कुल ३ सय ७९ योजनामा ३ सय ८ वटा सम्झौता र २० वटा सम्पन्न भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पण्डितले नागरिकलाई सहज सेवा दिन वडा स्तरमा नै तिरो तिर्न सक्ने गरि मालपोत कर वडा तहबाट लिन शुरु गरेको, वडा नम्बर १ र ९ मा वडा तहमा नै योजना सम्झौता गरिएको, टाढाका वडामा वडा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको, बजार व्यवस्थित र व्यवस्थित भ्यान अटोपार्कका लागि नहर अफिस क्षेत्रमा तोकिएर सञ्चालनमा आएको जस्ता महत्वपुर्ण कार्य भएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष एंव सुशासन समिति संयोजक कपिल बहादुर खाँणले आर्थिक वर्ष २०८०/०८१ लाई आर्थिक वृद्धिको वर्ष भनेर घोषणा गरी राजस्वको दायरा भित्र ल्याउने प्रयास गरिएको उल्लेख गर्दै यसमा विविध समस्या पनि आएकाले उपलब्धि लिन नसकिएको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले योजनालाई चुस्त बनाउन अग्रसर रहेको बताउदै बजार व्यवस्थापनकै लागि भ्यान पार्क र अटो पार्क निर्माण गरी सञ्चालनमा ल्याईएको जानकारी दिनुभयो ।

सहभागीले योजना सम्झौता, समयमै फ¥यौट, घर नक्सा पास, अभिलेखिकरण, गिट्टी बालुवा उत्खनन र राजस्व, फोहोर मैला नाली व्यवस्थापन, मेडिकलहरुको अनुगमन, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत कुरामा गम्भिर हुनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्नुको कारण, कृषि उत्पादन, बजार, अनुदान लगायतका विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे, इन्जिनियर रञ्जन न्यौपाने, लेखा शाखाका सीता न्यौपाने, शिक्षा शाखा प्रमुख विकल काफ्ले, योजना अधिकृत विक्रम बस्नेत, महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियार, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले सवालको जवाफ दिनुभएको थियो ।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रवक्ता कपिल बहादुर खाँणको स्वागत, पत्रकार विष्णु घिमिरेको सहजीकरणमा भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, बिषयगत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, कर्मचारी, राजनैतिक दल, पत्रकार, नागरिक समाज र सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com