2

Logo २०८३ बैशाख १३ आइतबार
रिब्दिकोट १ मा हल गोरु किन्ने र पाल्ने किसानलाई प्रोत्साहन रकम

रिब्दिकोट १ मा हल गोरु किन्ने र पाल्ने किसानलाई प्रोत्साहन रकम


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २२ २०८०
680

पाल्पा  ।

पाल्पामा हल गोरु पालेर परम्पगत कृषि पेशा गरिरहेका ३१ जना किसानलाई प्रोत्साहन गर्न रकम वितरण गरिएको हो । पछिल्लो समय हलगोरु पाल्न छाडेपछि कृषियोग्य भूभाग बाँझो हुँदै गएकाले जग्गा बाँझो हुनबाट रोक्न रकम प्रदान गरिएको हो ।

जिल्लाको रिव्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाले यहाँका हलगोरु पालिरहेका २९ र यही वर्ष हलगोरु किनेका दुई गरी ३१ जना किसानलाई रकम प्रदान गरेको हो । यसअघि हलगोरु पालेका २९ जना किसानलाई प्रति हलगोरु दुई हजार पाँच सय रुपियाँ र नयाँ हलगोरु किन्ने दुई जना किसानलाई पाँच हजार रुपियाँ प्रोत्साहन रकम प्रदान गरिएको वडाअध्यक्ष चिरन्जीवि पोखरेलले बताउनुभयो ।

आधुनिक र परम्परागत कृषि कार्यबाटै जमिन बाँझो हुनबाट जोगिने पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । किसानलाई दिइएको सानो सहयोगले किसानमा हौसला मिल्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com