2

Logo २०८३ बैशाख १५ मंगलबार
बालविवाह गर्ने दुलाहसहित विवाह गराउने पण्डित मण्डपबाटै पक्राउ

बालविवाह गर्ने दुलाहसहित विवाह गराउने पण्डित मण्डपबाटै पक्राउ


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २२ २०८०
3.7K

दाङ ।

दाङको तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित विवाह गराउने पण्डितलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुईया निवासी दुलाह २९ वर्षीय डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार डाक्टर केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबिच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै हिजो दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com