2

Logo २०८३ बैशाख १३ आइतबार
अन्धकारमुक्ति साकोसले सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न गर्‍यो अब प्रमाणित सहितको सभा तथा रजत महोत्सव हुदै

अन्धकारमुक्ति साकोसले सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न गर्‍यो अब प्रमाणित सहितको सभा तथा रजत महोत्सव हुदै


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस १७ २०८०
2.1K

पाल्पा ।

पाल्पा जिल्लाको उत्कृष्ट सहकारीका रुपमा परिचित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरले सबै सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न गरेको छ । १०५४७ शेयर सदस्य रहेको सहकारीले हाल पाल्पा जिल्लाका आधा दर्जन बढी स्थानबाट सेवा केन्द्र तथा सम्पर्क कार्यालय सञ्चालन गरिरहेको छ । हजारौं शेयर सदस्य रहेको सहकारीले सेवा केन्द्र स्तरीय विभिन्न स्थानमा १ हप्तासम्म साधारण सभा गरेको हो ।

संस्थाको २५ औं साधारण सभामा सबै शेयर सदस्यका बीचमा संस्थाको बार्षिक प्रगति, लेखा तथा नयाँ योजना एंव आन्तरिक कार्यविधिलाई अन्तरक्रिया छलफलमा लगिएको छ । छलफलबाट आएका बिषयबस्तु र सेवा केन्द्र स्तरीय साधारण सभाबाट छनौट भएर आएका प्रतिनिधि सहित पुष २० गते संस्थाको प्रमाणित सहितको साधारण सभा एंव रजत महोत्सबमा राखिने संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनुभयो । संस्थाले गत शुक्रबार केन्द्रिय कार्यालयमा विधिवत रुपमा २५ औं वार्षिक साधारण सभाको शुभारम्भ गरी सेवा केन्द्रगत रुपमा साधारण सभा गरेको हो ।

सहयोगी सेवा केन्द्रमा आवद्ध तथा रामपुर नगरपालिका वडा नं. १ देखि ५ सम्मका शेयर सदस्यहरुको लागि रामपुर ५ रेशम सभाहल र केन्द्रिय कार्यालयमा आवद्ध तथा रामपुर नगरपालिका वडा नं. ६, ७ र ८ का शेयर सदस्यहरुको लागि दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा आयोजित साधारण सभा सँगै सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न भएको हो ।

दरैठाँटी माविको सभाहल रामपुर ६ विजयपुरमा भएको साधारण सभाको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रायः बजार क्षेत्रका सहकारी धरासायी भएको उल्लेख गर्दै गाउँमा स्थापित सहकारी जिम्मेबार हुने र हामी सुरक्षित छौं भन्नका लागि पनि लिदा र दिदा उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी बनाउन जागरण ल्याउन आबश्यक छ, रामपुर नगरपालिकाले सहकारीको छुट्टै शाखा राखेर सहकारीलाई व्यवस्थित गर्न लागेको बताउदै सहकारीले लगानी अनुसारको प्रतिफल नआएको देखिन्छ अब त्यस्तो हुनुहुदैन थापाले भन्नुभयो । रामपुर नगरपालिकाले महिलालाई सीप सिकाएर उद्यमी बनाएको बताउदै नगरप्रमुख थापाले सावुन र सरफ उद्योगबाट उत्पादित सामान राम्रो बिक्री हुदाँ महिलाले राम्रोे आम्दानी लिन सकेको बताउनुभयो । सहकारी समुह मार्पmत महिला दिदीबहिनी उद्यम तर्फ लागेको र उत्पादनमा बृद्धि गर्न सहकारीले भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर उपसभापति ज्ञान प्रसाद भण्डारी, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुर अध्यक्ष यम बहादुर सुनार, एकीकृत समाजवादी जिल्ला कमिटी पाल्पाका उपसचिव कमल सेन, राष्ट्रिय जनामोर्चा रामपुरका अध्यक्ष रामप्रसाद गैरे, जेष्ठ नागरिक समाज पाल्पाका अध्यक्ष देवराज ढकाल, अन्धकार साकोसका सल्लाहाकार सुकदेव पोख्रेल, जिल्ला सहकारी संघका सदस्य कृष्ण कुमार अर्याल, उज्यालो बचत तथा ऋण सहकारीका सदस्य कृष्ण प्रसाद अर्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई प्रविधि मैत्री बनाउँदै अघि बढाईएको जानकारी दिनुभयो । लेखासमिति सदस्य रामप्रसाद ढकालले संस्थाले ऐन र नीति अनुसार शेयर सदस्यको हितमा काम गर्दै अघि बढेको बताउनुभयो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव यम प्रसाद श्रेष्ठको स्वागत र संस्थापक अध्यक्ष मोहन भट्टराईले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गर्नु भएको हो ।

कार्यक्रमको अवसरमा १३ जना जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो । साथै असल ऋणी, बचत कर्ता, बालबचत कर्ता, केन्द्र तथा केन्द्र प्रमुखहरुलाई पुरस्कृत गरिएको थियो । पाल्पा जिल्लाभर सेवा क्षेत्र बनाई वित्तिय सेवा प्रदान गर्दै आएको सहकारीमा हाल १० हजार ५ सय ४७ शेयर सदस्य छन्् । संस्थाको कुल पुँजी १ अर्व ३९ करोड ५० लाख ७२ हजार ५ सय ६ रुपँया, शेयर पुजी १४ करोड, ८४ लाख २५ हजार १ सय र गत आर्थिक वर्षमा ४ करोड ७१ लाख, ५४ हजार ४ सय ६० रुपँया बढी नाफा गर्न सफल भएकोसंस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

रेशम सभाहलमा भएको साधारण सभाको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले ग्रामीण क्षेत्रका जनताहरुको सक्रियतामा सञ्चालन भएको सहकारी शेयर सदस्य र आम नागरिकप्रति बफादार हुने बताउनुभयो । उहाँले सहकारी उत्पादन र बजारीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

रामपुर नगपालिका वडा नं. ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेल, नेपाली कांग्रेस रामपुरका नगर सचिव चिरञ्जीवी सिग्देल, नेकपा एमाले रामपुर नगर कमिटीका उपसचिव इश्वरी देवी खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य गिता वि.क., हातेमालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मिनराज रेग्मी, सूर्योदय कृषि सहकारी संस्थाका उपाध्यक्ष विनोद श्रेष्ठ, शेयर सदस्य प्रकाश चन्द्र सिग्देल, जीवनाथ ढुङ्गाना, चन्द्रा न्यौपाने भण्डारी, जेष्ठ नागरिक शेयर सदस्य केशर बहादुर खाँणले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले संस्थाको वर्तमान अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । लेखा समिति संयोजक विष्णु प्रसाद लम्सालले संस्थाले ऐन तथा कार्यविधि अनुसार आफ्नो गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
साधारण सभाको अवसरमा सहयोगी सेवा केन्द्र अन्तर्गत उत्कृष्ट बालबचत कर्ता उत्कृष्ठ शेयर खरिदकर्ता, उत्कृष्ट कारोबार शेयर सदस्य नमुना व्यवसायी, असल ऋणी, नियमित बचत कर्ता र उत्कृष्ट केन्द्र र केन्द्र प्रमुखलाई पुरस्कार प्रदान गरेको थियो । साथै ७० वर्ष पुरा भएका जेष्ठ शेयर सदस्यलाई सम्मान सहित पेन्सन वितरण गरेको थियो ।

संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालक समितिका सदस्य मनोरथ भट्टराईको स्वागत, कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेलको धन्यवाद र कर्जा विभाग प्रमुख रामचन्द्र ढुङ्गानाको सञ्चालनमा भएको हो ।

साधारण सभा तथा रजत महोत्सबको अबसरमा सहकारीले गत शनिबार निस्दी गाउँपालिको जनता मा. वि. ढुङ्गानाबेशी, ताहुँ सेवा केन्द्रको रम्भा मावि ताहुँ, जब्गादी सेवा केन्द्रको भानुभक्त मावि जब्गादी र रामटार सेवाकेन्द्रको जनकल्याण माविमा एकैदिन साधारण सभा सम्पन्न गरिसकेको छ । शुक्रबार केन्द्रिय कार्यालयमा साधारण सभा शुभारम्भ गरेको सहकारीले रामपुर १ देखि ५ सम्मका लागि सोमबार रामपुर ५ को रेशम सभा हल र केन्द्रिय कार्यालय सेवा केन्द्र अन्तर्गत रामपुर ६ देखि ८ सम्मका लागि दरैठाटी माबिमा साधारण सभा आयोजना गरेको हो ।

साधारण सभाबाट निर्णय प्रमाणित गर्नका लागि सेवा केन्द्रस्तरबाट प्रतिनिधिहरु पनि चयन गरेको छ । प्रतिनिधिहरुको सहभागीतामा निर्णय प्रमाणित सहितको २५ औं साधारण सभा तथा संस्थाको रजत महोत्सव आउदो पुष २० गते न्यू श्रीनगर होटलको सभाहल बेझाँड गर्ने संस्थाका सचिव ओमप्रकाश बस्यालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com