2

Logo २०८३ बैशाख १५ मंगलबार
रामपुर अग्रेजी आवासिय माविले मनायो ३२ औ बार्षिकउत्सव

रामपुर अग्रेजी आवासिय माविले मनायो ३२ औ बार्षिकउत्सव


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस १७ २०८०
785

पाल्पा ।

लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले प्रदेश शिक्षा ऐन ल्याउन नसक्दा समस्या भएको बताउनुभएको छ । पाल्पाको रामपुरमा रहेको रामपुर अग्रेजी आवासिय माध्यामिक विद्यालयको ३२ औं बार्षिकउत्सवको उद्घाटन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले देशको राजनितिक अस्थिरताको कारण प्रदेशको शिक्षा ऐन निति नबन्दा समस्या भएको बताउनुभएको हो ।

कार्यक्रममा उहाँले स्थापनाको समयमा केही सिमित व्यक्तिले शेयर मार्फत घर भाडामा लिएर कष्टसँग शुरुवात गरेको विद्यालय अहिले संचालनमा रहेका निजि तथा आवासिय विद्यालय मध्ये पहिलो अग्रणी स्थानमा आउनुमा खसी व्यक्त गर्नुभयो । विद्यालयको संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विद्यालयको थप प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक सूर्यप्रसाद घिमिरेले विभिन्न घरका साँगुरा कोेठा, टहरा हुदै सिमित व्यक्तिको सहयोगमा शुरुवात भएको विद्यालयले अहिले जिल्लामै राम्रो विद्यालयको छवि बनाउन सफल भएकोमा खुसी लागेको बताउनुभयो । उहाँले अहिले विद्यालयमा सुविधासम्पन्न भवन, यातायात, खानेपानी, कम्युटर तथा विज्ञान प्रयोगशाला, लगायतको सुविधा हुनु गौरब भएको बताउदै विगत देखी अहिलेको अवस्थाबारे प्रष्ट पार्नुभयो ।

विद्यालय व्यवस्थापन समिति सदस्य रुद्रनारायण श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रममा रामपुर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोख्रेल, रामपुर नगरपालिका शिक्षाशाखा अधिकृत विकल काफ्ले, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद रेग्मी, जिल्ला शिक्षा समन्वय ईकाइ पाल्पाका सदस्य देवराज ढकाल, शहिद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले, रामतुलसी नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, भुपु सैनिक इङ्लिस बोर्डिङ् स्कुलका प्रिन्सीपल गोपि सिग्देल, सामुदायिक रेडियो रामपुरका निमित्त स्टेशन प्रवन्धक सिर्जना घिमिरे, शिक्षक नारायणी सुवेदी, शेयर सदस्य सूर्यप्रसाद श्रेष्ठ, अभिभावक कमलचन्द्र तिवारी, विद्यार्थी प्रकाश विसी, त्रिविक्रम पराजुलीले विद्यालयको शैक्षिक समिक्षा सहित शुभकामना दिनुभएको छ ।

कार्यक्रममा संस्थापक स्वर्गिय धुव्रराज पाण्डेयलाई मरणोप्रान्त अभिनन्दन, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समिति सदस्य रुद्रनारायण श्रेष्ठलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनोले स्कुलले सम्मान गरेको छ । कार्यक्रमकै अवसरमा विद्यालयमा १५ बर्ष भन्दा धेरै सेवा दिने ११ जना शिक्षक कर्मचारीलाई सम्मान पत्र दोसल्ला ओढाएर सम्मान गरेको छ । त्यस्तै विद्यालयमा २०७६, २०७७, २०७८ तथा २०७९ सालमा एसईइमा उत्कृष्ट अंक ल्याउने १९ जना विद्यार्थीलाई नगद १० हजार, प्रमाणपत्र, तथा खादा ओढाएर सम्मान गरेको छ ।

विहान सरस्वती पुजा गरेर शुरु भएको कार्यक्रममा विद्यार्थीलाई अनुशासन, सरसफाई तथा सवै विधामा अब्बल विद्यार्थीलाई सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य गंगा अधिकारीले धन्यवाद दिनुभएको थियो । कार्यक्रमको संचालन शिक्षक शालिकराम थापाले गर्नुभएको हो । कार्यक्रमका अवसरमा विद्यार्थीले रमाइलो सांस्कृतीक कार्यक्रम देखाएका थिए । गत पुस १४ गतेदेखि बार्षिकउत्सव अतिरिक्त क्रियाकलाव भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com