2

Logo २०८३ बैशाख १३ आइतबार
रोज राणाको यात्रा: कलाकर्मी देखि उद्योग वाणिज्य, श्रम मन्त्री सम्म

रोज राणाको यात्रा: कलाकर्मी देखि उद्योग वाणिज्य, श्रम मन्त्री सम्म


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस १० २०८०
379

लुम्बिनी ।

कलाकर्मीबाट नेपाली कांग्रेस लुम्बीनी प्रदेशका प्रभावशाली नेताको छवि बनाउन सफल प्रदेश सभाका सांसद सरोज थापा (रोज राणा) प्रदेशको उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको मन्त्रिपरिषद् मा मन्त्री बनेका थापाले प्रदेश प्रमुख अमिक शेरचनबाट आइतबार मन्त्रीको सपथ लिएका हुन् । फिल्म नायक र निर्माता हुँदै लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका थापा रोज राणाका नामले ख्याती कमाएका युवा हुन् ।

उनि २०७९ मंसिर ४ मा भएको निर्वाचनमा प्युठान प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नेपाली चलचित्रमा रोज राणाको नामले परिचित थापा आफ्नो निक नेम रोज राणा भएको बताउँछन् । उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ ’ जस्ता आधा दर्जन भन्दा बढी चलचित्र निर्माण गरेका छन् । उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशन गरेका छन् भने ‘म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रमा नायकको भुमिका खेलेका छन् ।

नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष समेत बनेका राणा पछिल्लो समय राजनीतिमा पनि चर्चामा आउन सफल भएका छन् । कलाकर्मीबाट नेपालको मन्त्री बन्ने राणा पहिलो व्यक्ति भएको बताइएको छ । उनी प्युठानको प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट लुम्बिनी प्रदेशसभा सदस्यमा २२ हजार ५ सय १९ मत ल्याएर निर्वाचित भएका थिए । पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीका विश्वासप्राप्त हरि रिजाललाई १ हजार ७ सय १२ मतान्तरले पराजित गरेसँगै उनको राजनीतिक चर्चा थप चुलिएको हो ।

प्युठान जिल्लाको दुईपटक प्रदेश क्षेत्रीय सभापति भएपछि उनले जिल्लामा छुट्टै राजनीतिक प्रभाव र पहिचान बनाएका थिए । वि.सं. २०५४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका सरोज थापा नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत हुन् । प्युठान जिल्लामा ३१ वर्षपछि कांग्रेसकोतर्फबाट विजयी भएर राणाले पार्टीको साख फर्काउन सफल भएको प्युठानका कांग्रेसजन बताउछन् ।

लुम्बिनी प्रदेशमा कांग्रेसभित्रै कसलाई मन्त्री बनाउने भन्ने विषय ९ महिनादेखि छलफल चलेपनि अन्तमा राणले बाजी मारेका हुन् । मन्त्री बन्ने लाइनका एक दर्जन सांसदको नाम आउँदा पनि रोज राणाको नाम कतै गुन्जायमान थिएन, तर, शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनको नाम एकाएक प्रस्ताव गरेपछि सबैलाई ‘सरप्राइज’ भएको उनि निकट रहेका नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति सदस्य गिरीराज पोखरेलले बताए ।

४१ वर्षीय रोज राणा जिल्लाका युवाहरुमाझ लोकप्रिय भएकै कारण यो सफलता मिलेको पोखरेलको भनाई छ । आइतबार उनिसँगै नेकपा माओवादी केन्द्रबाट बाँकेकी प्रदेश सांसद कृष्ण के.सी.ले शहरी विकास मन्त्रीमा सपथ लिएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com