तानसेन खानेपानीको अध्यक्ष र सचिवमा निर्वाचन हुने, अध्यक्षमा को-को हुन् आकांक्षी
पाल्पा ।
तानसेन खानेपानी उपभोक्ता समितिको अध्यक्ष बन्नका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदका लागि मोहनप्रसाद श्रेष्ठ, राजु महर्जन, भुगोलप्रसाद बैजु र प्रज्ञासागर शाक्यले उम्मेदवारी दिनुभएको छ । पार्टीगत सहमती गरिएको भएपनि अध्यक्षमा ४ जनाको उम्मेद्बारी परेको हो ।
अध्यक्ष र सचिवमा एक भन्दा धेरैको उम्मेद्बारी परेपछि अध्यक्ष र सचिव पदमा निर्वाचन हुने भएको छ । अन्य पदमा भने निर्विरोध मनोनयन दर्ता भएको हो ।
सचिवमा प्रेम मल्ल र विष्णुबहादुर कार्कीको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा लालमने अधैपुन, सहसचिवमा बिर्जु खाती, काेषाध्यक्षमा सुशिला श्रेष्ठकाे उम्मेदवारी परेकाे छ ।
यस्तै सदस्यहरूमा बसन्तकुमार गहतराज, महेन्द्र खाती, रेनुका बस्याल र फूलमाया सुनारीकाे एकल उम्मेदवारी परेकाे छ ।
