2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा “प्रथम किङ्गस कप सेभेन ए साईड” फुटबल प्रतियोगिता शुरु

रामपुरमा “प्रथम किङ्गस कप सेभेन ए साईड” फुटबल प्रतियोगिता शुरु


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस १० २०८०
533

पाल्पा ।

रामपुर नगरपालिका ५ बेझाँडमा प्रथम किङ्गस कप सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता शुरु भएको छ । स्थानीय खेल प्रतिभाको पहिचान संगै प्रवद्र्धन गर्ने उद्देश्यका साथ किङ्गस क्लव रामपुर–५ पाल्पाको आयोजनामा भएको प्रतियोगिताको नेपाली काङ्ग्रेसका युवा नेता सन्दिप रानाले उद्घाटन गर्नुुुभयो ।

रामतुलसी नमुना माध्यमिक विद्यालयको खेल मैदान बेझाँडमा शुरु प्रतियोगिता उद्घाटन गर्दै युवा नेता रानाले युवाहरु समुदायको हित र राष्ट्र विकासमा लाग्नुपर्ने बताउनुभयो । क्लवका अध्यक्ष योगेन्द्र हमाल (शिव) को अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रबत्ता तथा १ नम्बर वडाका अध्यक्ष कपिल बहादुर खाणले युवाल लक्ष्यित कार्यक्रम नगरले गर्दै आएको बताउदै जुझारुपना सदैब हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय खेल प्रतिभाको पहिचान गरी प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा रामपुर नगरपालिका र छिमेकी चापाकोट नगरपालिका खेल समुहलाई मात्र समावेश छन् । “हामीले स्थानीय खेलाडीलाई प्राथमिकता दिएर रामपुर चापाकोटका समुहलाई मात्र समावेश गरेका हौ” अध्यक्ष हमालले भन्नुभयो ।

सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता संगै कार्यक्रममा भेट्रान्स फुटबल प्रतियोगिता पनि हुनेछ । किङ्गस कप अन्तर्गत १२ समुह र भेट्रान्स तर्फ ८ समुहको सहभागीता रहने खेल संयोजक सुमन सेनले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ कप मेडल र प्रमाण पत्र सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै प्रतियोगितामा विद्यागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ ।

आगामी पुष १४ गतेसम्म चल्ने प्रतियोगिताको अन्तिम दिन रामपुर नगरपालिका र चापाकोट नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु विच मैत्रीपूर्ण फुटवल खेल हुने क्लवका सचिव जोगन भुजेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com