2

Logo २०८३ बैशाख १३ आइतबार
आज लुम्बिनीमा २ मन्त्री थपिदै

आज लुम्बिनीमा २ मन्त्री थपिदै


Sabalnews प्रकाशित मिति : आइतबार, पौस ८ २०८०
876

लुम्बिनी ।

लुम्बिनी प्रदेश सरकारमा आइबार दुई मन्त्री थपिने निश्चित भएको छ ।

नेकपा माओबादी केन्द्रबाट कृष्णा केसी (नमुना) र नेपाली काँग्रेसबाट सरोज थापा मन्त्रीका रुपमा सफथ लिने भएका छन् । केसी सहरी बिकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्रीका रुपमा सपथ लिनुहुनेछ ।

केसी बाँके र थापा प्यूठानबाट निर्वाचित हुनुभएको हो ।

लुम्बिनी सरकारका प्रबक्ता गृहमन्त्री सञ्तोष पाण्डेले थपिने मन्त्रीको आइतबार सफथको कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

काँग्रेसको तर्फबाट दाङबाट निर्वाचित डिल्लीबहादुर चौधरी गत बैशाख १४ गते मुख्यमन्त्री बन्नुभएको थियो । त्यसको ८ महिना पछि चौधरीले सरकार बिस्तार गर्नुभएको हो ।

हालसम्म लुम्बिनी सरकारमा मुख्यमन्त्रीसहित सात जना मन्त्री छन्। आइतबार दुई जना थपिए संगै मन्त्रीमण्डलको संख्या नौ पुग्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com