2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा ‘‘निस्दी कोशेली घर” शुभारम्भ

रामपुरमा ‘‘निस्दी कोशेली घर” शुभारम्भ


Sabalnews प्रकाशित मिति : बुधबार, पौस ४ २०८०
1.4K

पाल्पा ।

शहर उन्मुख रामपुरमा निस्दी गाउँपालिकाको सहयोगमा स्थानीय उत्पादन बजारसम्म पु¥याउने उद्देश्यले निस्दी कोशेली घर शुभारम्भ भएको छ । स्थानीय उत्पादन बृद्धि र बजारिकीकरणमा स्थानीय तहको भुमिमा महत्वपुर्ण हुने भन्दै गाउँपालिकाको सहयोगमा निस्दीका ३ वटा महिला सहकारीको समन्वयमा कोशेली घर सञ्चालनमा ल्याइएको हो ।

निस्दी कोशेली घरको सेवा उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले बजार सजिलो पाएमात्र उत्पादन फस्टाउन सक्छ, त्यसैले कोशेली घरले बजारको पहुँच बढाएको बताउदै निस्दीबासीले उत्पादनलाई जोड दिन आग्रह गर्नुभयो । निस्दीका गहत, बोडी, मास लगायतका गेडागुडी मात्र नभई स्थानीय अम्रिसो, ढाँकर र हातेसामाग्री उत्पादन गर्न सके बजार लिनेछ, श्रेष्ठले भन्नुभयो– निस्दीलाई रामपुर र बजारसँग जोड्न पनि कोशेली घर महत्वपुर्ण हुन्छ ।

कार्यक्रममा बोल्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बजारको भर र विश्वासको लागि रामपुरमा कोशेली घर स्थापना भएकाले सबैले यसलाई माँया गर्नुुपर्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले निस्दी गाउँपालिका महिला विकास कार्यक्रमको २ लाख ५० हजार आर्थिक सहयोग र निस्दीका गल्धा, जलदेवी तथा स्वाभलम्बन सामाजिक उद्यमी महिला सहकारीले संयुक्त रुपमा कोेशेली घर सञ्चालनमा ल्याएको बताउनुभयो ।

स्थानीय स्तरमा धेरे चिज उत्पादन हुने भन्दै सरल र सहज बजारका लागि स्थानीय सरकारले किसानलाई सहयोग गरेको उहाँले बताउनुभयो । कोशेली घरका संयोजकले पसलमा स्थानीय उत्पादन गेडागुडी, अम्रिसो, हातबाट बुनेका बस्तु लगायतका सामाग्री राखिने बताउनुभयो । उहाँले पसलबाट हुने फाइदा किसानकै हात जाने गरि सञ्चालन गरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com