2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पा-स्याङ्जा जोड्ने राम्दीमा पक्की पुल बन्दै

पाल्पा-स्याङ्जा जोड्ने राम्दीमा पक्की पुल बन्दै


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर २७ २०८०
267

पाल्‍पा ।

पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ डिजाइनमा पक्की पुल निर्माण हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत लुम्विनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्ग सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको सिमाना राम्दीमा नयाँ पक्की पुल निर्माणको काम थालिएको हो ।

वि.सं २०२८ मा ‘स्टिल ट्रस’ हुँदै राम्दीमा सिद्धार्थ राजमार्ग निर्माण भएका बेला पुल बनेको थियो । हाल उक्त पुल जीर्ण भएर एकैपटक दोहोरो आवत–जावतमा रोक लगाइएको छ । दश टनभन्दा धेरै समान बोकेका ट्रक सञ्चालनमा रोक लगाइएको छ ।

६ दशकअघि बनेको पुल जीर्ण भएपछि पटक-पटक मर्मत गरिदै आएको थियो । पुरानो पुल नजिकै नयाँ पुल निर्माण सुरु गरिएको हो । नयाँ पुल निर्माणका लागि पुलको आडमा रहेका घर टहरा समेत हटाइएको छ ।

पुरानो पुल जीर्ण भएकाले राम्दीमा नयाँ पुल निर्माण सुरु भएको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख सूचना अधिकारी तथा इन्जिनियर आशिक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८२ असार मसान्तभित्र सक्नेगरी हिम सगरमाथा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा पाएको छ ।

राम्दीमा पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपयाँ खर्च लाग्ने पुल आयोजनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com