2

Logo २०८३ बैशाख १३ आइतबार
श्रीनगर सांस्कृतिक डबली तानसेन नगरलाई हस्तान्तरण

श्रीनगर सांस्कृतिक डबली तानसेन नगरलाई हस्तान्तरण


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर २५ २०८०
1.2K

पाल्पा ।

श्रीनगर सांस्कृतिक डबली तानसेन नगरपालिका मार्फत् सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेनको कैलाशनगरमा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ तानसेन नगर सरकारलाई हस्तान्तरण भएसँगै नगरपालिकाले यसको सञ्चालन तथा व्यवस्थापन गर्ने भएको हो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमका बीच श्रीनगर सांस्कृतिक डबलीको चाबी तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । चाबी हस्तान्तरण गर्दै मुख्यमन्त्री चौधरीले तानसेनको कलासंस्कृति र पर्यटनको संरक्षण तथा प्रवर्दन गर्न डबलीले इट्टा थपेको बताउनुभयो । तानसेन आफैमा पर्यटकीयस्थल भए पनि यसको ब्राण्डिङ तथा प्रवर्दन गर्नु आवश्यक रहेको मुख्यमन्त्री चौधरीको भनाई थियो । सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय सरकार र प्रदेश सरकारको सहकार्य निरन्तरता जरूरी रहेको बताउनुभयो ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले प्रथामिकताका साथ अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य नारायणी शर्मा, लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना, प्रदेश सांसद खेमबहादुर सारु लगायतले ठूलो लगानीमा संरचनाहरु निर्माण भएकाले सोही अनुसार त्यसको संरक्षण गरी आयआर्जन सँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद भण्डारीले रेखदेखको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारलाई दिए पनि प्रदेश सरकारबाट आवश्यक सहयोग रहने बताउनुभयो।

पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले २०७६ असार ८ गते सुुरु भई २०७९ असार ८ मा सम्पन्न गर्ने गरी काम भएकोमा बिचमा केही ढिलाई भई डबली निर्माण भएको र ६ करोड ८२ लाख ५६ हजार खर्चमा निर्माण भएको जानकारी गराउनुभयो । विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले यहाँ डबलीको निर्माण गरिएको हो ।

डबली हस्तान्तरण कार्यक्रम नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, उपप्रमुख प्रतिक्षा सिंजालीको स्वागत, प्रवक्ता यादवसिंह कार्कीको सञ्चालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com