अव्यवस्थित जग्गाकाे जग्गाधनी पुर्जाको कागजपत्र मालपोत र नापी कार्यालयलाई हस्तान्तरण
पाल्पा ।
रामपुर नगरपालिकामा पुर्जा बिहिन जग्गाधनीले पाएको पुर्जा सहित कागजपत्र नापी कार्यालय रामपुरलाई हस्तान्तरण गरिएको छ ।
पुर्जा बिहिन जग्गाको शहरका रुपमा बिकसित रामपुर बजार क्षेत्रका ७४७ जनालाई राष्ट्रिय भुमी आयोगले पहिलो चरणमा पुर्जा बितरण गरेको थियो ।
साविक रामपुर गाबिस तथा हालको वडा नं. ५, ६ र ७ का ७४७ अव्यवस्थित जग्गाकाे जग्गाधनी स्रेस्ता ,निबेदकको निबेदन मालपोत कार्यालय रामपुर र फिल्डबूक/क्षत्रीय नापी किताब र कित्ता नापी नक्सा नापी कार्यालय रामपुरलाई हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय भुमी आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले नियुक्ति भएर जिल्लामा समिति बने संगै रामपुरबाट काम शुरु गरेको र ठूलो उपलब्धि मिलेको बताउनुभयो । अब बाकी केही पुर्जाको काम छ, सुकुम्बासीको हकमा पनि काम गर्नुपर्नेछ तर पुर्जा नभैइ भोगचलन गरेका सयौ नागरिकलाई पुर्जा दिदा धेरै सन्तुष्टि मिलेको बताउनुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राष्ट्रिय भुमी आयोग र नगरपालिकाको समन्वयमा बिबिध बाधा फुकाई पटकपटक केन्द्रमा पुगेर धेरै नगरबासीलाई पुर्जा दिएको र अब बाकी काम पनि हुँदै जाने बताउनुभयो ।
समितिका बिज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले आयोगले निरन्तर काम गर्ने र तल्लो स्तरबाट घचघच्याउने गरेकाले हाम्रा नगरबासीले पुर्जा पाउन सम्भव भएको उल्लेख गर्नुभयो ।
कुल ७८३ पुर्जाको निबेदन मध्य पुर्जा बितरण भएका ७४७ अव्यवस्थित जग्गाकाे जग्गाधनी स्रेस्ता र निबेदकको निबेदन मालपोत कार्यालय रामपुरका प्रमुख ज्ञान बहादुर सिंजाली र फिल्डबूक/क्षत्रीय नापी किताब र कित्ता नापी नक्सा नापी कार्यालय रामपुरलाई हस्तान्तरण गरिएको हो ।
वडा नं. ५ का अध्यक्ष दुर्गाप्रसाद पाेखरेलले बजार क्षेत्रका नागरिकले पुर्जा पाए संगै ठूलो राहत मिलेको बताउदै अब यसको उपयोग, प्रयोग र लेनदेनमा सहजता ल्याउनुपर्नेमा जोड दिनुभयो ।
यससँगै अब मालपोत कार्यालयले स्रेस्ता कायमकाे प्रक्रिया शुरु गर्ने जनाएको छ ।
अव्यवस्थित जग्गा दर्ता निवेदन ७८३ मध्य मर्ज गरि ७६७ को नाममा जग्गा दर्ता गरिएको थियो । हाल सम्म ७१६ जग्गा धनीलाई पुर्जा वितरण गरिएको छ । राजश्व नबुझाएकाे ९ वटा, वनक्षेत्र भित्र पर्ने ९ वटा ,घरायसी विवाद १ वटा, पुर्जा नलिने १
र ल्याप्चे लगाउन छुटेकाे ३१ वटा रहेको छ ।