2

Logo २०८३ बैशाख १३ आइतबार
प्रदेश सम्मेलनले पार्टी बलियो हुन्छ- सभापति देउवा

प्रदेश सम्मेलनले पार्टी बलियो हुन्छ- सभापति देउवा


Sabalnews प्रकाशित मिति : शनिबार, मंसिर १६ २०८०
603

बुटवल ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशमा हुने सम्मेलनले पार्टीलाई बलियो बनाउने विश्वास ब्यक्त गर्नु भएको छ । उहाँले सम्मेलन पश्चात पार्टी बलियो र सुदृढ हुने भन्दै सम्मेलनमा पार्टीभित्र भएका विचारलाई मन्थन गर्नु पर्ने धारणा राख्नुभयो । उहाँलेभन्नुभयो–‘‘सम्मेलनले अब पार्टीलाई बलियो बनाउँछ ।’’

बुटवलमा शनिबार सुरु भएको काँग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समरोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रुपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने विश्वास व्यक्त गर्नु भएको हो । उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफू भाषण गर्न नजान्ने भन्दै काम गरेर देखाउने विचार राख्नुभयो ।

398165676_1967246980327576_2306048594804827266_n-1701515843.jpg

उहाँलेभन्नुभयो–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ ।’ उहाँले गौतमबुद्ध जन्मेको भूमिबाट काँग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँअगाडि थप्नुभयो–‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’ ।’ निकै संक्षिप्त सम्बोधन गर्नु भएका सभापति देउवाले केन्द्रीय नेता र प्रदेश अध्यक्षहरूले उठाएको सबालको जबाफ नदिइकनै आफ्ना भनाई टुङ्गाउनुभयो ।

प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमिति, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरि करिव ७ सयको सहभागीता छ । आइतबार सकिने सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् । ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछि पार्टीले आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com