क्षयरोग खोजपडताल सम्बन्धि स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण
पाल्पा ।
समुदाय स्तरमा सक्रिय क्षयरोग खोजपडताल सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण रामपुर ३ मा भएको छ ।
रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजना किट्स नेपालको समन्वयमा भएको कार्यक्रममा नगरका वडा नम्बर २/३ का महिला सामुदायिक स्वास्थ स्वयंसेवका र स्वास्थ्यकर्मी सहभागी हुनुहुन्थ्यो । उहाँहरुलाई क्षयरोग सम्बन्धि जानकारी र समाजमा हुन सक्ने यसका बिरामीको निगरानी बिषयमा जानकारी दिईएको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।
दर्छा शहरी स्वास्थ केन्द्र रजघरामा चलेको अभिमुखीकरणमा स्वास्थ्य शाखा प्रमुख घिमिरे, गाडाकोट स्वास्थ्य केन्द्र प्रमुख मजिबुर रहमान शेखले कार्यक्रमको औचित्य र क्षयरोग र यसको निर्मुलका बिषयमा बोल्नुभएको थियो ।