2

Logo २०८३ बैशाख १३ आइतबार
क्षयरोग खोजपडताल सम्बन्धि स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

क्षयरोग खोजपडताल सम्बन्धि स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर १४ २०८०
512

पाल्पा ।

समुदाय स्तरमा सक्रिय क्षयरोग खोजपडताल सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण रामपुर ३ मा भएको छ  ।

रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजना किट्स नेपालको समन्वयमा भएको कार्यक्रममा नगरका वडा नम्बर २/३ का महिला सामुदायिक स्वास्थ स्वयंसेवका र स्वास्थ्यकर्मी सहभागी हुनुहुन्थ्यो । उहाँहरुलाई क्षयरोग सम्बन्धि जानकारी र समाजमा हुन सक्ने यसका बिरामीको निगरानी बिषयमा जानकारी दिईएको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।

दर्छा शहरी स्वास्थ केन्द्र रजघरामा चलेको अभिमुखीकरणमा स्वास्थ्य शाखा प्रमुख घिमिरे, गाडाकोट स्वास्थ्य केन्द्र प्रमुख मजिबुर रहमान शेखले कार्यक्रमको औचित्य र क्षयरोग र यसको निर्मुलका बिषयमा बोल्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com