2

Logo २०८३ बैशाख १५ मंगलबार
भुपु सैनिक राईजिङ ईङ्गलिस स्कुलको रजत महोत्सवमा भारतीय दुतावासका रक्षा सहचारीको आगमन

भुपु सैनिक राईजिङ ईङ्गलिस स्कुलको रजत महोत्सवमा भारतीय दुतावासका रक्षा सहचारीको आगमन


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर १३ २०८०
778

 

पाल्पा  ।

पाल्पाको रामपुरमा रहेको भुपु सैनिक राईजिङ ईङ्गलिस सेकेण्डरी स्कुलले रजत महोत्सव समारोहको आयोजना गर्ने जनाएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरि विद्यालयको २५ बर्ष स्थापनाको अबसरमा रजत जयन्तीको आयोजना गर्ने जनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठले विद्यालयगत र नगर स्तरीय विविध प्रतियोगिता तथा अभिभावक, शिक्षक बिच रमाइलो र मैत्रीपुणर् खेलको आयोजना गरि रजत महोत्सव मनाउने जानकारी दिनुभयो ।

मंसिर १४ गतेदेखि १९ गतेसम्म आयोजना हुने गरि प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको र समापनको अबसरमा भारतीय दुतावासका रक्षा सहचारी सहायक नविन जानुको उपस्थितिमा समापन समारोह कार्यक्रम हुने स्कुलका प्रिन्सिपल गोपि सिग्देलले बताउनुभयो ।
विद्यालयले रजत स्मारिका विमोचन, रजत स्तम्भ अनावरण, पुरस्कार वितरण लगायतका विभिन्न सांस्कृतिक कार्यक्रम गरेर मनाउने गरि तयारी गरेको छ ।

जिल्लाको पुर्वी भेगमा निजि तर्फबाट सञ्चालन भएको भुपु सैनिक राइजिङ स्कुलले अभावका विचमा पनि उच्च स्तरका विद्यार्थी उत्पादन गर्दै आएको छ । भुतपुर्व सेनाको सामाजिक र शैक्षिक उन्नयनमा महत्वपुणर् नेतृत्व र पहलकदमीबाट स्थापित यस विद्यालयमा सानो एक कोठा र हलमा ६० विद्यार्थीबाट पठन शुरु भएकोमा हाल सुविधा सम्पन्न भवन, बस सेवा, ५ रोपनी क्षेत्रफलमा खेल मैदान सहितको संरचना तयार छ । विद्यालयमा हाल १ हजार ५० जना विद्यार्थी अध्ययनरत छन् भने ५८ जना शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयमा २ सय १८ जना हाल सेयर सदस्य आबद्ध छन् ।

पूर्वप्राथमिक तहदेखि १२ कक्षासम्म पठनपाठन भइरहेको छ । कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायमा पठनपाठन शुरु भएको छ । एस.र्ई.ई.को समयमा छात्राबासको व्यवस्था छ । छात्रबासलाई निरन्तर चलाउने योजनामा विद्यालय छ । देशको दशवर्षे द्धन्द्धकालको चपेटामा परेको यस स्कुलले नियमित पठनपाठनलाई निरन्तरता दिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com