“ईनास मेरिल्याण्डको भव्य शुभकामना साझ”
मेरिल्याण्ड ।
अन्तराष्ट्रीय कलाकार संगठन (ईनास ) मेरिल्याण्ड च्याप्टरको शूभ-दीपावली शुभकामना कार्यक्रम र देउसी भैलो सहित भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महत रहनुभएको थियो । महतले नेपाली सस्कृती र परम्परा बिदेशमा जोडिनु आफै गौरव भएको बताउनुभयो ।
अमेरिकामा रहेर छुट्टै पहिचान गराउन सफल डेलिगेट डा. ह्यरी भन्डारी, ईनास केन्द्र अध्यक्ष राहुल के .सी ., ईनास केन्द्र प्रवक्ता गोपाल चन्द्र लामीछाने , इनास मेरिल्याण्डका संरक्षक तथा निःवर्तमान अध्यक्ष गायक सृजन ताम्राकार, ईनास MD संरक्षक तथा वानाका अध्यक्ष शुवोध विलास पन्थ, अध्यक्ष निर थापा, विशिष्ट अतिथि वाना उपाध्यक्ष भीम के सी, अमर छन्त्याल मोना संस्थापक अध्यक्ष अमेरिका , पर्वत समाज अध्यक्ष तथा ईनास MD सल्लाहाकार रविन शर्मा लगायत सहभागी रहनुभएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण रहेको लाईभ म्यूज़िकका सम्पुर्ण संगीतकर्मी किवोडमा वरिष्ठ गायक तुलसी पराजुली, ड्रमर राजेश खड्गी , वासुरीवाधक गायक अमृत रामदाम , रिदममा गायक राजु ढंगेल र खिम मस्रंगी गीतारमा सुजन रामदाम, सारंगी वाधक विराज रामदाम हार्मोनियममा ईनास MDका अध्यक्ष तथा संगीतकर्मी लक्ष्मण पौडेल साथै लाईभ गायन महिलामा अन्जना गुरूगं, शान्ती भन्डारी, कल्पना देवकोटा , स्वरूपा रसाईली र उषा लामाले तिहार टीका सहित कार्यक्रम माहोल रमाईलो बनाउनुभएको थियो ।
कार्यक्रममा नृत्य निर्देशक तथा डाइरेक्टर शिव विक, उषा लामा, प्रवेश उप्रेती “पल” माधवी भण्डारी (माधवी डान्स सेन्टरका कलाकारहरु), रूवी पौडेल र प्रशन्न पौडेलले विभिन्न नेपाली मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित हास्यकलाकार शिवहरि पौडेल, खेम शर्मा अन्जु थापाको समुहले सन्देशमुलक प्रहसन प्रस्तुत गरेका थिए।
कार्यक्रममा चर्चित लोकगायक भगवान भण्डारी, गायिका रानी शाक्यको विशेष प्रस्तुती प्रस्तुत रहेको थियो। कमेडियन महादेव त्रिपाठीको आफ्नो उत्कृष्ट प्रस्तुतिले सवैलाई हसाँएका थिए ।
कार्यक्रममा साउण्ड सिस्टममा डीजे मोहन गुरुङ, ईभेन्टमा नाम्लो ईभेन्टसका विक्रान्त श्रेष्ठ, दिलीप श्रेष्ठ,फोटोग्राफीमा सुशील पंगेनी, खाना तथा भान्सा व्यवस्थापनमा फेमली किचन परिवारको साथ र सहयोग रहेको थियो ।
“शुभ दिपावली शुभकामना साँझ” औपचारिक कार्यक्रम ईनास MD का अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको हो । कार्यक्रम संचालन गायक तथा मोडल सज्जन वोहोराले गर्नुभएको थियो ।
“शुभ दिपावली शुभकामना साँझ” कार्यक्रममा कलाकारहरु संयोजक कलाकार राजु ढंगेल र कार्यक्रम संयोजन गायिका तथा मोडल शान्ती भण्डारीले गर्नुभएको हो ।