रामपुर ४ र ५ जोड्ने झलुङ्गे पुलको उद्घाटन
पाल्पा ।
रामपुर नगरपालिका वडा नम्बर ४ को र ५ जोड्ने गरि झोलुङ्गे पुलको उद्धघाटन भएको छ।
रामपुर ४ को अन्द्रकुडी र ५ को गौडान जोड्ने गरि गतबर्ष देखि निर्माण शुरु पुलको एक कार्यक्रमका बीच संघीय सांसद नारायण आचार्यले उद्घाटन गर्दै अत्यावश्यक पुल निर्माण भएको बताउनुभयो ।
उहाँले यस क्षेत्रमा रहेको सातपत्रे गुफा प्रबर्धन गर्न आवश्यक पहल गर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुरको विकासको लागि तीन तहको सरकार बीच समन्वयन हुनुपर्ने भन्दै प्रदेश सरकारबाट रामपुर क्षेत्रमा उचित बजेट पार्न हरदम प्रयास गरिरहेको बताउनुभयो ।
त्यसैगरी वरिष्ठ चार्टर्ड एकान्टेन्ट्स तथा एमालेका युवा नेता निल सारूले समाजको प्रत्यक्ष विकास गर्न यो वा त्यो पार्टी भन्न नहुने बताउनुभयो ।
कार्यक्रमा बोल्दै नेपाली काँग्रेसका नेता श्यामकान्त खनालले जनताको विकासका फाइल बोकेर सिंहदरबार धाएको बताउनुभयो ।
ईन्द्रेणी समाज केन्द्रले संघीय क्षेत्रगत कार्यक्रम अन्तर्गत झोलुङ्गे पुल ४२ लाख ७१ हजार५ सय ५८ रुपैयाँ लागतमा निर्मान गरेको हो ।