2

Logo २०८३ बैशाख १५ मंगलबार
प्रेस युनियनद्वारा १५ विभाग गठन, को-को लाई कुन विभाग

प्रेस युनियनद्वारा १५ विभाग गठन, को-को लाई कुन विभाग


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर १ २०८०
988

काठमाडौं । 

नेपाल प्रेस युनियनले १५ वटा विभिन्न विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले शुक्रबार युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोक्नुभएको हो ।

प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको हो । जसमा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.अनुशासन विभागको जिम्मेवारीमा हुनुहुन्छ। त्यसैगरी उपाध्यक्षहरु नकुल अर्यालले प्रशिक्षण विभाग, भीष्मराज ओझाले समन्वय बिभाग, दिपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार बिभाग, सलोजा दाहालले महिला बिभाग, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवर्द्धन, माधव अर्यालले आचार संहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाउनुभएको छ ।

त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा.मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवद्र्धन, अनिल कुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवद्र्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ । त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेलले संगठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धितालले आर्थिक विभाग संयोजकको जिम्मेवारी पाउनुभएको छ ।

विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताउनुभयो । विभागको विस्तार क्रमशः गर्दै लैजाने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com