2

Logo २०८३ बैशाख १४ सोमबार
यसबर्ष देउसिरे र भैलेनीको टिम बाक्लिए

यसबर्ष देउसिरे र भैलेनीको टिम बाक्लिए


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक २८ २०८०
3K

पाल्पा ।

तिहारका यस पटक गाउँघरदेखि शहरबजार सम्म देउसिरे र भैलेनी खेल्नेहरु बढेका छन् । विगतका बर्षमा कोरोनाको असरले देउसे नखेलिएकोमा गतबर्षहरुमा भन्दा यस बर्ष संघसंस्था, समुह र व्यक्तिगत रुपमा मिलेर देउसिरे खेल्नेहरुको टोली बाक्लिएको हो ।

संघ संस्थाको विकासका लागि आर्थिक सहयोग जुटाउने र साना साना केटाकेटीहरु रमाइलो गर्ने उद्देश्यले देउसी भैलो खेल्नेहरु बढेको रामपुर ५ बेझाँडका व्यवसायी गीता रेग्मीले बताउनुभयो । यस तिहारमा धेरै टोलीहरु देउसिरे खेल्न शहर र टोल–टोलमा पुगेको स्थानीयको भनाई छ । बजारमा मौलिक गीत र क्यासेटका गीत बजाएर नाच्ने पाइलैपिच्छे भेटिएको रामपुर ६ का सुन्दर देवकोटाले बताउनुभयो ।

नेपालीहरुको दोस्रो चाडपर्व दिपावलीमा विगतका बर्ष भन्दा यस बर्ष बढी टोली भैली र देउसिरेमा आएको रामपुर पुजा सामाग्री पसलका सञ्चालक बिमल घिमिरेले बताउनुभयो । लक्ष्मीपुजाको दिन १० टोलीलाई नगद सहयोग गरेको उहाँले बताउनुभयो । त्यस यताका दिनमा पनि उत्तिकै संख्यामा टोली विभिन्न भेषभुषामा सजिएर नाच्ने गाउने गरेका छन् । रामपुर बेझाँड बजारमा चस्मा पसल चलाउदै आउनुभएकी हरिकला जि.सी.ले लक्ष्मीपुजाको दिन ८ जना र भोलिपल्ट ६ वटा टोलीलाई नगद सहयोग गरेर रसिद संकलन गरि राखेको बताउनुभयो । आर्थिक संकलन गरि कोही समाजमा राम्रो काम गर्न त कोही पर्वमा रंग रमाइलो गर्न खेलेको हो सक्दो सहयोग गर्छाै, कसैले यतिसम्म दिनैपर्छ भन्नुहुन्छ उहाँले भन्नुभयो ।
दिनभरिको बजारमा नाचगानको हल्ला र भिडभाडले पसलमा ग्राहकको आवाज पनि सुन्न गाह्रो भएको व्यापारीले बताएका छन् । विगतमा मौलिक गीत बढी गाइुन्थे अहिले मोवाइलबाट बजाइन गीत कहिले सदावहार त केही तिजमा गाइएका गीतमा पनि नाचेको देखिएको रामपुरका रामचन्द्र कडेंलले भन्नुभयो । अहिलेका पुस्ताको नाचगानले मौलिकता नै हराउने हो कि भन्ने चिन्ता कडेंललाई छ । कला संस्कृति संरक्षण र मौलिकता जोगाउनमा सबैले ध्यानदिनुपर्ने उहाँको भनाई छ ।

पाल्पाका गाउँ–गाँउमा क्लब, समुह तथा विभिन्न संघसंस्थाले व्यानर, पोषाक, फुलमाला, बाजागाजा सहित सजिएर तिहारमा देउसिरे खेलेका छन् । जिल्लाको रामपुर बजार, तानसेन, अर्गली, माडी, दम्कडा सहितका बजारमा टोली बनेर देउसी भैलो खेल्न हिड्नेको उत्तिकै चहलपहल छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com