2

Logo २०८३ बैशाख १३ आइतबार
बढ्दो झिनियाको माग

बढ्दो झिनियाको माग


सुमित्रा कडेल प्रकाशित मिति : आइतबार, कार्तिक २६ २०८०
722

पाल्पा ।

चाड पर्व सुरु भएपछि पाल्पामा झिनियाँ रोटीको कारोबार बढ्ने गरेको छ । जिल्लाका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रका बजारका व्यापारीले झिनियाँ बेचेर राम्रो आम्दानी गरेको व्यापारीहरुको भनाइ छ ।

बगनासकाली २ को पोखराथोकमा यतिबेला झिनियाँ व्यापारीहरुलाई रोटी बनाउन भ्याइनभ्याई भएको छ । अरु बेलामा सामान्य व्यापार हुने गरेको झिनियाँको दसैँदेखि तिहारसम्म अधिक कारोबार हुने गरेको छ । दसैँ सकिएर तिहार नजिकिदैँ गर्दा झिनिया व्यापारीहरुलाई रोटी बनाउनलाई निकै हतार छ ।

झिनियाँ नेवार समुदायको पूजाआजाका समयमा अनिवार्य जस्तो भएपनि पछिल्लो समयमा सबै समुदायमा झिनियाँ रोटीको प्रयोग बढेको छ । यसका कारण झिनियाँ रोटीको व्यावसाय पनि फस्टाउँदै गएको छ । बगनासकाली गाउँपालिका २ पोखराथोककी सीता गहिरेले झिनियाँ रोटि बनाउन सुरु गरेको करिब १० वर्ष भएको बताउनुभयो । उहाँले झिनियाँ रोटी विक्री गरेर वार्र्षिक ४ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । “कम लगानीमा धेरै कमाइ गर्न सकिने हुँदा जोकोहीले पनि सहजै बनाउन सक्ने सजिलो विधि भएकोले झिनियाँ व्यापार फस्टाउदै गएको गहिरेको भनाइ छ ।

झिनियाँ साइज अनुसार प्रति रोटी ६० रुपैयाँदेखि ३ सय ५० रुपैंयाँ सम्ममा विक्री हुने गरेको छ । वर्ष भरी नै उत्पादन गरिने भए पनि विशेषगरी दसैँ र तिहारमा झिनियाँको व्यापार बढी हुने भएकोले यो समयलाई मुख्य सिजनका रुपमा लिने गरिने झनियाँ व्यापारी बिना न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सिजनको समयमा उत्पादन गरेकै ठाउँमा किन्न आउनेहरुको भिड लाग्छ । अन्य समयमा पनि व्यापार हुने भएकोले उत्पालन भएको झिनियाँ विक्रीमा समस्या नरहेको न्यौपानेको भनाइ छ ।

उद्योगको दृष्टीकोणले कुटीर उद्योग भित्र पर्ने भए पनि व्यावसायिहरुले उत्पादन गरेका झिनियाँ रोटी स्थानीय स्तरदेखि पाल्पा बाहिरका बजारमा खपत हुने गरेको छ । वार्षिक रुपमा करिब ३० लाख भन्दा बढीको करोबार हुने गरेको अनुमान झिनियाँ व्यापारीहरुको छ । जिल्लाबाट झिनियाँ बनाएर बुटवल, भैरहवा, काठमाडौँ र पोखरासम्म निर्यात गर्नेगरेको माथागढी –३, कसेनीका व्यापारी नवलप्रसाद श्रेष्ठले बताउनुभयो ।

झिनियाँ रोटीको विक्री राम्रो भए पनि पछिल्लो समय घरमा बस्ने महिला यसप्रति आकर्षित हुन थालेका छन् । विगत तीन दशकदेखि झिनियाँ उत्पादन र विक्री गर्दै आउनुभएकी तानसेन टक्सारटोलकी नारायणीदेवी बज्राचार्यले वार्षिक आठ लाख बढीको झिनियाँ बेच्ने गरेको बताउनुभयो ।

पछिल्लो समय दसैँ र तिहारमा मात्र होइन, अन्य चाडपर्व, विवाह, व्रतबन्ध तथा अन्य पूजाआजामा समेत झिनियाँ रोटीको प्रयोग बढेको व्यवसायीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com