2

Logo २०८३ बैशाख १५ मंगलबार
रामपुर साहित्यिक प्रतिष्ठानले सम्झ्यो लक्ष्मीपुजामा देवकोटालाई

रामपुर साहित्यिक प्रतिष्ठानले सम्झ्यो लक्ष्मीपुजामा देवकोटालाई


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक २६ २०८०
736

पाल्पा ।

रामपुर साहित्य प्रतिष्ठानले रामपुरमा नियमित रचना बाचन लक्ष्मीपुजाका दिन सम्पन्न गरेको छ ।

लक्ष्मीपुजाका दिन लक्ष्मी प्रसाद देवकोटाको जन्मज्यन्तीको अबसर पारेर रामपुर बेझाड राधाकृष्ण मन्दिरमा भएको रचना बाचनमा १ दर्जन स्रष्टाहरुले आफ्ना रचना बाचन गर्नु भएको थियो ।
दिपावलीको अबसरमा भएको रचनामा स्रष्टाहरुले दिपावलीको भैली र देउसिरे सहित समसामयिक रचना बाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले नेपाली साहित्यमा लक्ष्मी प्रसाद देवकोटाको योगदान र  साहित्यका बिबिध रचना बाचन गर्नुभएको थियो ।

नेपाली साहित्यको मार्गमा मात्र नभएर नेपालीको छवि उच्च बनाउन देवकोटाले खेलेको महत्त्वपूर्ण भुमिकाको प्रशंसा स्रष्टाले साहित्यबाट गरेका थिए।

प्रतिष्ठानले महिनाको तेस्रो शनिवार गर्दै आएको नियमित रचना बाचन जाजरकोट पश्चिम रुकुममा शुक्रबार भुकम्प गएपछि स्थगित गर्दै तिहार, लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्ती पारेर आइतबार आयोजना गरेको हो ।

प्रतिष्ठानका उपाध्यक्ष हुमा देवकोटाले स्वागत, सहसचिव शोभा केसीले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन सचिव दिपकमणी अर्यालले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com